रोशी र सुनकोशी नदीमाथिको दोहन रोकिन्छ : राज्यमन्त्री बाँस्कोटा

सिन्धुपाल्चोक, चैत २३ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोशी र सुनकोशी नदीमा कानून विपरीत भइरहेको दोहन रोक्न सरकारले कडा नीति लिने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आयोजना गरेको ‘दोलालघाट महोत्सव दोस्रो’को उद्घाटन गर्दैै उहाँले सो ठाउँको वातावरण रक्षा गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले जिल्लामा दर्जनाँै क्रसर उद्योग सञ्चालनमा आएको भए पनि जम्मा १६ वटा मात्रै कानूनी मापदण्डभित्र चलेकाले अब सरकारले नियमन गर्ने बताउनुभयो । राज्यमन्त्री बास्ँकोटाले भन्नुभयो, “जथाभावी प्राकृतिक स्रोत क्रमको यो बर्ष अन्तिम हुनेछ ।” कसैले पनि अब आउने नयाँ आर्थिक वर्षबाट नियम विपरीत प्राकृतिक स्रोतको उपयोग गर्न पाउने छैन । ”

अब राष्ट्र समृद्धि बनाउने अभियानमा सरकार लागेको हुनाले पार्टी र मान्छे नहेरी नियमअनुसारको काममा दृढतापूर्वक अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले सुनकोशी नदीको रक्षा जसरी पनि गरिने उल्लेख गर्दै भन्नुभयो, “नदी र प्राकृतिक स्रोतसाधनको दोहन यो अन्तिम वर्ष हुनेछ, अब पहिलोका जस्तो जे गर्दा पनि हुन्छ भन्ने हुँदैन ।”

उहाँले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चाक जिल्ला बीचको नदी सीमाना विवादलाई चाँडै समाधान गरिने पनि उल्लेख गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले स्रोतलाई उचित रुपमा उपयोग गर्न सुनकोशी हाइड्रो ड्याम बनाएर पर्यटकीय महत्वको काम गर्नुपर्ने र त्यहीँबाट त्यस क्षेत्रको जीवन त्यहीँ बन्ने भएकाले त्यसतर्फ सरकारले सोच्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य गंगाबहादुर तामाङले सामाजिक, सांस्कृतिक र प्राकृतिक हिसाबले देखिरेहको समस्यालाई समाधान गर्नग सबैको ध्यान एकतर्फ सकारात्मक ढंगले सोचर गाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले रोशी र सुनकोशी नदी अनाधिकृत ढंगले प्राकृतिक स्रोत दोहन भइरहेकामा त्यसलाई रोक्न सबै समुदाय र संघसंस्था सचेत भएर लाग्नसमेत आग्रह गर्नुभयो ।

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिम्खडाले नदी र वातारण संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । दुलालेश्वर वातारणीय समाजसेवा क्लबले प्राृकतिक तथा सांस्कृतिक कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार भन्ने नाराका साथ आजबाट आयोजना गरिएको महोत्सव २०७५ वैशाख ३ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!