नेपालमा सलहले बाली नष्ट गर्न थाल्यो (भिडियोसहित)

  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । भारतबाट नेपाल भित्रिएको सलह तराईका जिल्लामा फैलिएर बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन ।

सर्लाहीको नवलपुर, बाराको सिमरा र जितपुर तथा रुपन्देहीको भैरहवा र बुटवलमा सलह भित्रिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पुष्टि गरेको छ । कास्कीको पोखरामा पनि पुगेको आशंका गरिएको छ ।

शनिबार बिहान ७–८ बजेतिर भित्रिएको सलह सर्लाहीको नवलपुरमा फलफूलका बिरुवा र मकैमा बसेका छन । सिमरा र जितपुरमा काउली, फर्सीको पातलगायत तरकारी बालीमा बसेका छन । बुटवलमा भने कागतीको बोटमा बसेको जानकारी आएको मन्त्रालयले जनाएको छ ।

भारतमा फैलिरहेको सलहको सानो झुन्ड हावाको वेगले उछिट्टिएर नेपालतिर प्रवेश गरेको अनुमान मन्त्रालयले गरेको छ ।


  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here