सलह किराको पहिचान र व्यवस्थापन ! प्रदेश र स्थानीय तहले व्यवस्थापनमा खेल्न सक्ने भूमिका !

काठमाडौं । नेपालमा सलह किरा प्रवेश गरेसँगै यसको रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न काम गरिरहेको छ ।

सलहको प्रकोप फैलन नदिनका लागि प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकायले सलह व्यवस्थापनमा खेल्न सक्ने भूमिका नियन्णका लागि निम्नानुसारको कार्य गर्नका लागि अनुरोध गरेको छ ।

सलहलाई कसरी चिन्ने :
सलह झुण्डमा रहने प्रवृत्तिका फट्यांग्राको एक प्रजाती हो ।

अपरिपक्व वयस्क गुलाबी र परिपक्व वयस्क पँहेलो रङ्खको देखिन्छ ।

परिपक्व वयस्क झण्डै चोर औंला जत्रो साइजको हुन्छ ।

सलहको झुण्डहरु दिनको समयमा हावाको वहावसँगै निकै टाढासम्म उड्न सक्दछन् ।

सामान्यतया सूर्यास्त हुँदा सलहले रुख बिरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छन् र बिहान सूर्योदयपछि केही समय घाम तापेपछि नजिकैको वोटबिरुवा खान्छन् र पुनः उडेर अन्यत्र जान सक्दछन् ।

पानी परेको वा बादल लागेको अवस्थामा यो कम चलायमान हुन्छ ।

सलह आगन्तुक किरा भएको र नेपालमा बंशवृद्धी गर्ने सम्भावना नभएको ।

सलहले कसरी नोक्सानी गर्छ ?
सलहले बालीनाली, घाँसहरु, झारपातहरुका पात लगायत सबै किसिमका रुख बिरुवाहरुका पात, मुना लगायतका नरम वस्तुहरु खाएर नष्ट गर्छ ।

एउटा किराले प्रतिदिन आफ्नो शरीरको तौल बराबर खान सक्छ । यसले प्रत्यक्ष रुपमा मानिस वा पशुन्छीलाइ क्षति गर्दैनन् ।

सलह आउँदै गर्दा के गर्ने ?
सलहको झुण्ड आएको थाहा पाउनासाथ स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने ।

कुनैै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचनाहरु स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानिय सुरक्षा निकायमा तत्काल जानकारी गराउने ।

कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भइ समूदायमा सबैलाइ जानकारी गराउने ।

सलहको झुण्ड घरभित्र समेत पसेर दुख दिन सक्ने भएकोले आउने सम्भावना भएमा झ्याल ढोका सावधानि पूर्वक बन्द गर्ने ।

सलहको आएमा कसरी व्यवस्थापन गर्ने :

धेरै प्रोटीनयुक्त किरा भएकोले आएका झुण्डहरुलाइ जालोको पासोमा संकलन गरी जम्मा गरेर हाँस¸ कुखुराको आहारा बनाउन सकिन्छ ।

यदि आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा कुनै पनि माध्यम (जस्तैः ठूलो आवाज, धुवाँ, आदि) बाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।

नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ ।

टनेल भित्रको बालीलाइ वरिपरीबाट किरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।

धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउने र सो स्थानमा सलह आएको समयमा वा छिटो आउन सक्ने सम्भावना भएमा धान रोपाई केही दिन ढिलो गर्ने।

खेतबारी वा घर नजिकै किराले आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने बिषादीको प्रयोग गर्नु पर्छ । मालाथियन ५०५ ई. सी. ३ मि ली वा ल्याम्डा साइहेलोथ्रीन ५५ ई.सी. ०.७ मि.ली वा क्लोरपाइरिफोस २०५ इ.सी.१.८८ मि ली वा डेल्टामेथ्रीन २.८ ५ ई.सी. प्रति लिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।

साथै अन्य ठूलो क्षेत्र सलहले आश्रय लिएको अवस्थामा तत्काल समन्वय गरि माथि उल्लेखित सिफरिस विषादीको घोल स्प्रे गर्ने ।

सलह कीराको सम्बन्धमा थप जानकारीको लागि सम्पर्कः
सम्बन्धित पालिकाहरुका कृषि शाखा

कृषि ज्ञान केन्द्रहरु

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका जोन तथा सुपरजोनहरु

कृषि अनुसन्धान केन्द्रका नजिकका कार्यालयहरु

सलह सूचना केन्द्रः प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

सम्पर्क व्यक्तिः श्री रामकृष्ण सुवेदी¸ बरिष्ठ बाली संरक्षण अधिकृत

फोन नं ९८५१२३७९४४

सलह किरा व्यवस्थापनका लागि प्रदेश¸स्थानीय तह तथा सरोकारवालाले खेल्न सक्ने भूमिका

भूमि व्यवस्था¸ कृषि तथा सहकारी मन्त्रालयः

दुर्तकार्य समुह गठन गरी काम गर्ने गराउने।

सलह फोकल विन्दु तोकी केन्द्र तथा स्थानीय तहमा जानकारी गर्ने गराउने ।

कृषि ज्ञान केन्द्रहरुलाई प्राविधिकरुपमा सूसूचित राख्न सहयोग गर्ने ।

कृषि ज्ञान केन्द्रहरु मार्फत प्राविधिक सूचनाहरु दिई कृषकहरुलाई सूसूचित गराउने ।

Power Sprayer  र विषादी लगायतका वस्तुहरु तयारी अवस्थामा राख्ने ।

विषादी छर्ने व्यक्तिहरुलाई PPE को व्यवस्था गर्ने गराउने ।

जिल्लाहरुमा विपद व्यवस्थापन समितिको वैठक राख्न लगाई दमकल लगायतका सवारी साधनहरु तयारी अवस्थमा राखी जनशक्ति परिचालन गर्न लगाउने ।

विभिन्न सञ्चार माध्यमद्धारा कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने ।
भारत बाट सम्भावित प्रवेशका विन्दुहरुका बारेमा निरन्तर जानकारी लिने र सचेत गराउने ।

स्थानीय तहः

सलह फोकल विन्दु तोकी केन्द्र तथा प्रदेश तहमा जानकारी गर्ने गराउने

स्थानीय तहमा रहेका कृषि शाखाहरु मार्फत कृषकहरुलाई सूसूचित राख्न सहयोग गर्ने

Power Sprayer  र विषादी लगायतका वस्तुहरु तयारी अवस्थामा राख्ने ।

विषादी छर्ने व्यकतिहरुलाई PPE को व्यवस्था गर्ने गराउने ।

विभिन्न सञ्चार माध्यमद्धारा कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने
सलहको सम्भावित प्रवेशका विन्दुहरु साथै उडानको दिशाका बारेमा निरन्तर जानकारी लिने र सचेत गराउने ।

धेरै प्रोटीन युक्त किरा भएकोले आएका झुण्डहरुलाइ जालोको पासोमा संकलन गरी जम्मा गरेर पशु आहारा बनाउन सकिन्छ ।

यदि त्यस क्षेत्रमा बस्ने सम्भावना देखिएमा सामुहिक रुपमा कुनै पनि माध्यम (जस्तैः आवाज, धुवाँ, आदि) बाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिन अभियान चलाउने

नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन लगाउने ।

टनेल भित्रको बालीलाइ वरिपरीबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन लगाउने ।

धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउने ।

विषादीको लगत राख्ने र आवस्यक परेमा खरिद गरी राख्ने र स्थानीय एग्रोभेटहरुलाई सूसूचित र तयारी अवस्थामा राख्ने

खेतबारी वा सार्वजिनक स्थान¸ जङ्गलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने बिषादीको प्रयोग गर्ने। मालाथियन ५०५ ई. सी. ३ मि ली वा ल्याम्डा साइहेलोथ्रीन ५५ ई.सी. ०.७ मि.ली वा क्लोरपाइरिफोस २०५ इ.सी.१.८८ मि ली वा डेल्टामेथ्रीन २.८ ५ ई.सी. प्रति लिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।

प्रदेश तथा केन्द्रीय निकायहरुमा सलहको उपस्थितिको बारेमा आवश्यक जानकारी गराउने ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!