नेपालका विभिन्न क्षेत्रमा प्रवेश गर्यो अनिकाल निम्त्याउने सलह किरा

  • 861
  •  
  •  
  •  
  •  
  •  
    861
    Shares

काठमाडौं । नेपालमा सलह किरा (फट्याङग्रा) प्रवेश गरेको छ । आज बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर के.सी का अनुसार  भैरहवा, पर्सा, बारा, सर्लाही र नवलपुरमा फट्याङग्रा देखापरेको छ । दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पुर्याएको हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

नेपालमा देखिएको सलह किरा (तस्विरःजितेन्द्र यादवको फेसबुकबाट)

फट्याङग्राको हुल नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो भन्ने बारे अध्ययन गर्नका लागि आजै कार्यदलको बैठक बस्ने जानकारी दिनुभयो । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार(प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ ।

यो फट्याङग्राको एक हुल अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो । अर्को हुल हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको हुल प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन ।

फट्याङग्राको एउटा हुलले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन ।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ ।


  • 861
  •  
  •  
  •  
  •  
  •  
    861
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here