पोलिटेक्निक इन्स्टिच्युटले दियाे केरुङगा कृषि फर्मलाई निःशुल्क स्यानिटाइजर

  • 321
  •  
  •  
  •  
  •  
  •  
    321
    Shares

चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्युट चितवनले केरुङगा कृषि फर्मलाई निःशुल्क स्यानिटाइजर दिएकाे छ ।

इन्स्टिच्युटको प्रयोगशालामा विद्यार्थीरुले बनाएको स्यानिटाइजर शुक्रबार कृषि फर्मलाई दिएको हो । भरतपुर महानगरपालिका–२४ मा रहेको कृषि फर्मलाई स्यानिटाइजर वितरण गर्दा वडा अध्यक्ष कान्छा मल्ल, इन्स्टिच्युटका प्रशासकीय अधिकृत जय घिमिरे, फर्मकी अगुवा निशा अधिकारीको उपस्थिती रहेको थियो ।

स्यानिटाइजर हस्तान्तरण गर्दै इन्स्च्यिुटका प्रशासकीय अधिकृत घिमिरे फर्मसँग आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । फर्मकी अगुवा तथा नेकपाकी विद्यार्थी नेतृ निशा अधिकारीले लकडाउनको समयमा पनि कृषि फर्मले उपभोक्ताको घर–घरमा तरकारी पुर्याउने काम गरेको बताउनुभयो ।

केरुङगा समुह विगत एक वर्षदेखी चक्लाबन्दीमार्फत व्यवसायिक तरकारी खेतीमा अगाडी बढेको र उक्त समुहले सामुहिक खेती मार्फत ७० बिगाहा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिरहेको छ ।


  • 321
  •  
  •  
  •  
  •  
  •  
    321
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here