किसानलाई ठग्दै सहकारी

सप्तरी – मानो रोपेर मुरी फलाउने यो समय किसानलाई धान रोप्ने चटारो चलिरहेको छ । तर धान उत्पादनको मुख्य क्षेत्र मानिने सप्तरीमा रसायनिक मलको अभाब भएको छ । कृषि सामग्री केन्द्र लिमिटेड राजविराजले समयमै मल आयात नगर्दा मल अभाब भएको हो ।

कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्था मार्फत सप्तरीका किसानहरुलाई रसायनिक मल उपलब्ध गराउँदै आएका छन् । तर, सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको रसायनिक मल सहकारी संस्थाले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ । रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डिएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा प्रति बोरामा .४ सयदेखि ६ सयसम्म बढी मुल्यमा बिक्री गर्ने गरेका छन् ।

धान रोपाइँको सिजनमा डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मलको आवश्यकता रहेपनि आवश्यकता अनुसार कृषि सामाग्री केन्द्रिले आपूर्ति नदिदाँ मल अभाब भएको हो । कृषि सामाग्री केन्द्रले आपूर्ति नदिदाँ जिल्लामा हालसम्म २ हजार मेट्रिक टन मात्रै मल वितरण भएको छ ।

कृषि सामग्री केन्द्र लिमिटेडले सुरुमा डिएपी मल केहि रुपमा अभाव रहेपनि युरिया, डिएपी र पोटास गरी ८ हजार मेट्रिक टन जिल्लाका सहकारीहरुलाई वितरण गरिरहेको दावी गरेको छ ।

किसानलाई मारमा पार्ने गरी रसायनिक मलको कालोबजारी भईरहेको विषयमा गुनासो आएकोले अनुगमन थालिएको मलखाद्य आपूर्ति समितिले जनाएको छ । अनुगमनको क्रममा कुनै सहकारी संस्थाले कालोवजारी गरिहेको पाइएमा तुरुन्त कारवाही गर्ने मलखाद्य आपूर्ति समितिले जनाएको छ ।

error: Content is protected !!