अस्ट्रेलियन साइन्स एण्ड इनोभेसन अवार्ड नेपाली कृषि वैज्ञानिकलाई

काठमाडौ । अस्ट्रेलियन सरकार केन्द्रिय कृषि, जल तथा वातावरण विभागद्धारा वितरण भएको यस बर्षको साइन्स एण्ड इनोभेसन अवार्ड नेपाली  कृषि बैज्ञानिक डा. दिनेश काफ्लेलाई प्रदान गरिएको छ ।

अस्ट्रेलियन ब्युरो अफ एग्रिकल्चरल एण्ड रिसोर्स इकोनोमिक्स एण्ड साइन्सेसले मार्च पहिलो साता राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा संघिय मन्त्री डेभिड लिटलप्राउड मार्फत डा. काफ्लेलाई कपास अनुसन्धान तथा विकास तर्फ साे पुरस्कार वितरण गरिएको हो ।


काफ्लेले उक्त पुरस्कार स्वरुप कपास खेतिको अनुसन्धानको लागि २० हजार अस्ट्रेलियन डलर प्राप्त गर्नुुभएको छ । विज्ञान तथा नविनतम आविस्कार सम्बन्धि यो पुरस्कारको लागि अस्ट्रेलियाको कटन रिसर्च एण्ड डिभलपमेन्ट कोपरेसनले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । कपासको विरुवामा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागी सिलिकन तत्वको प्रयोग गरेर एक बर्ष सम्म अनुसन्धान केन्द्रत गर्ने उहाँले बताउनुभयोे ।

नेपालको कर्णाली प्रदेश अन्र्तगत सुर्खेत जिल्लामा जन्मनुभएका डा. काफ्लेले कृषि तथा पशु विज्ञान अध्ययन सँस्थान रामपुरबाट सन् २००७ मा स्नातक तहमा उतीर्ण गर्नुभएको हो । त्यस्तैगरि इजराइलबाट बाली सँरक्षणमा स्नातकोत्तर र सन् २०१६ मा फ्रिइ युनिभर्सीटी बर्लिनबाट इकोलोजीमा विद्यावारिधी गर्नुभएको हो ।