प्रयोग बिहिन जग्गामा स्थानीयले रोपे ५ हजार आँप र लिचीका बिरुवा

  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली – खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीका स्थानीय बासिन्दाले झण्डै ५ हजार आँप लिचीका बिरुवा रोपेका छन् ।

सिन्धुली र उदयपुरको सिमानामा पर्ने तावा खोलाले काटेर खेर गएको जमिनमा सिन्धुलीको दुधौली नगरपालिका–७ का स्थानीय बासिन्दाले ५ हजार बिरुवा रोपका हुन् ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का स्थानीयले जिल्ला भूसंरक्षण कार्यालय सिन्धुलीले उपलब्ध गराएको बाँस, आँप र लिचीका बिरुवा तावा खोला नदी नियन्त्रण उपभोक्ता समितिले रोपेको स्थानीय शैलैन्द्र घिमिरेले बताए ।

स्थानीय १२ सय बाँसका बिरुवा, ४ सय ९३ लिची र २८ सय ४० वटा आँपको विरुवा गरी ४ हजार ५ सय ३३ रोपेका हुन् । वर्खा लागेसँगै आउने तावा ककरु खोलाले कटान गरेर खेर गएको जम्मा बाँध लगाएर बिरुवा रोपिएको हो । जिल्ला बाली संरक्षण अधिकृत श्रीदेव यादव प्रत्यक्ष संलग्नतामा झण्डै १५ विगाहा एैलानी जग्गामा बिरुवा रोपिएको छ ।

बिरुवा रोपेसँगै उक्त क्षेत्रलाई चरिचरण निषेध गर्न लागिएको छ । खोलाले खेत काटेर हैरान भएका सथानीय बासिन्दा जल उत्पन्न, भूसंरण र दुधौली नगरपालिकाको सहयोगमा २ किलो मिटर लामो बाँध लगाइएपछि भने केही राहत महसुस गरेका छन् ।

उक्त बाँध अझै ३ किलो मिटर लामो लगाएर ५ किलो मिटर बनाउन लागिएको छ । खोलाले बर्षौनी खेत काट्दा सयौ विगाहा उर्वर भूमि मरुभूमि परिणत भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!