कुश्मा नगरपालिकाले गर्यो स्वास्थ्यकर्मीको कोरोना बीमा

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत । कुश्मा नगरपालिकाले नगरपालिका भित्रका स्वास्थ्यकर्मीको कोरोना बीमा गरेको छ । नगरपालिका मातहातमा रहेका ८३ जना स्वास्थ्यकर्मीको कोरोना (कोभिड–१९) बीमा गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

शिखर इन्स्योरेन्स कुश्माबाट नगरपालिकामा रहेका स्वास्थ्यकर्मीको बीमा गरिएको उहाँले जानकारी दिनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पहिलो पङतिमा काम गर्ने स्वास्थ्यकर्मीको बीमा गरिएको जोशीले बताउनुभयो । कोरोना भाइरसको जोखिम कम गर्न अन्य कर्मचारीको पनि बीमा गर्ने उहाँको भनाई छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले कोरोना बीमा योजना ल्याएको र यो निकै प्रभावकारी भएको शिखर इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बीमा योजना अनुसार संस्थागत तथा पारिवारीक बीमा गर्दा ६ सय रुपैयाँ लाग्ने र त्यसले १ लाख रुपैयाँ बहन गर्ने तथा व्यक्तिगत बीमा गर्दा १ हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here