प्रदेश सरकारकाे प्राथमिकता, स्मार्ट कृषि गाउँ निर्माण

  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही – प्रदेश पाँच सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको योजना अगाडी सारेको छ । अहिले कृषि ज्ञान केन्द्रको सहयोगमा सांसदले स्मार्ट गाउँ छनोटको काम गरिरहेका छन् । स्मार्ट कृषि गाउका लागि प्रदेश पाँचमा २६ करोड बजेट विनियोजन भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि क्षेत्रको औद्योगिकरण, वजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरुको आयस्तर बृद्धि गर्न नमुना कृषि गाउँको अवधारण अघि सारेको मन्त्रालयले जनाएको छ।

देशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने गरी योजना अगाडी बढाएको हो। यसै आर्थिक बर्ष २०७५/०७६ वाट सञ्चालन हुने कार्यक्रमका लागि एक स्मार्ट कृषि गाउँ निर्माण गर्न ५० लाखको दरले बजेट विनियोजन गरिएको जनाइएकाे छ ।

कृषि ज्ञान केन्द्र दाङले दाङ र प्युठान जिल्लाको कृषि गतिविधि हेर्ने जिम्मेवारी पाए अनुसार प्युठानमा पनि स्थल छनोटको काम भैरहेको छ । प्युठानका दुई क्षेत्रमा कृषि स्मार्ट गाउँ संचालन गर्ने योजना अगाडी बढाईएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कृषि उत्पादन बृद्धिको लागि बगर, पाखो, तथा बाँझो जग्गाको समुचित प्रयोग, जलवायू अनुकुलन कृषि प्रणालीको विकास, ग्रामिण रोजगारीको अवसर सृजना , एकिकृत कृषि विकासको लागि विभिन्न सरोकारवालाको सम्बन्ध जोड्न कार्यक्रमले भूमिका खेल्ने कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ कृषि प्रसार अधिकृत भरतमणि पोखरेलले जानकारी दिनुभयो।

स्मार्ट कृषि गाउँका लागि सडक सञ्जाल संग पहुँच भएको गाउँ, स्थानीयतहको प्राथमिकतामा रहेका वालि तथा पशुपक्षी हुनपर्ने मापदण्ड निर्धारण गरिएको छ । यसका साथै पशपालनका लागि प्रति गाउँ गाइ दुहुनो तीन सय भैसी तीन सय, बाख्रा दुई सय व्यावसायीक कुखुरा दुइ सय प्रति कृषक, सुँगुर, बंगुर प्रति कृषक दुई वटा, माछा पाँच बिगाहा तराईमा र पहाडमा ५० रोपनी, कम्तिमा तीन वटा गाउँ प्रस्ताव गर्नुपर्ने मापदण्ड निर्माण गरिएको छ ।

स्मार्ट कृषि नमूना गाउँका लागि जलवायू स्मार्ट, सिचाइँ स्मार्ट, पोषक तत्व स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्टका क्रियाकलापहरु समावेश गरिने छ । जलवायू स्मार्टमा जलवायू पुर्वानुमान प्रचार-प्रसार, एसएमएस सेवा, जलवायू परिवर्तन अनुकुलन प्रविधि, नागरिक सेवा केन्द्र लगाएतका काम गरिने भएको छ । स्मार्ट सिचाइँमा आकासे पानी संकलन, थोपा सिचाइँ, सोलार, पाइप, प्लाष्टिक पोखरी निर्माण, प्रयोग, पहाडको उच्च भागमा पोखरी निर्माण गरिने छ । यसका साथै पोषक तत्व स्मार्टमा भूमि उपयोग नक्सांकन, माटो परिक्षण, पोषक तत्व सुक्ष्म तत्व, माटो स्वस्थता परिचयपत्र, दिगो भू–व्यवस्थापनका अभ्यासहरु, गरिने छ ।

प्रविधि स्मार्टमा उन्नत तथा अनकुलन जात-नश्ल, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी न्युन लागत प्रविधि, कष्टम हायरिङ सेन्टर, नेट हाउस, परम्परागत ज्ञानलाई प्रयोग, रैथाने जातको संरक्षण, जग्गा एकिकृत तथा करार खेती हुनेछन् । स्मार्ट बजारमा कोल्ड स्टोर, एग्रो मार्ट मिट मार्ट, बधशाला, दुग्ध प्रशोधन केन्द्र, समुदायमा आधारित संकलन तथा प्रशोधन केन्द्र, न्युनतम समर्थन मुल्य, डिजिटल बजार लगायतका अभ्यास हुनेछ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!