होसियार, चिनीले ज्यान लिन सक्छ

चिनी स्वादमा जति मिठो छ तेती नै स्वाद लिने व्यक्तिको शरिरमा पुर्याउने हानी पनि छ । कति पया रोगहरु चिनी सेवन गरेका कारणले मात्र लाग्ने गरेका छन् । अहिले चिनी आम मानिसको गफ वा एकान्तको साथी बनिसकेको छ । अखिरमा चिनीबाट हुने हानी के के छन त ?

मधुमेहः चिनीसँग प्रत्यक्ष सम्बन्ध नभएपनि चिनी रोग लाग्नुमा यसको भूमिका भने रहेको हुन्छ । मोटो मानिसलाई मधुमेह हुने संभावना बढी रहेको हुन्छ । किन कि मोटोपनका कारण शरिरमा अनेक प्रकारका मेटाबोलिक वा हर्मोनलहरु परिवर्तन भइरहेको हुन्छ ।

जसका कारण इन्सुलेनको प्रतिरोध बढ्दै गइरहेको हुन्छ र पेंक्रियाटिक सेल्स निष्कृय हुदै जान्छ । पेंक्रियाटिक सेल्सहरु निष्कृय भएपछि रगतको बहबलाई नियन्त्रण गर्नलाई चाहिने इन्सुलेन शरिरमा कम हुन जान्छ ।

हार्टअट्याकः चिनी बढी सेवन गर्ने व्यक्तिमा उच्च ट्रायग्लिसराइड वा कम एचडीएल कोलस्ट्रोरायलको समस्या हुन सक्छ । एचडीएल शरिरको लागि महत्वपूर्ण कोलेस्ट्रोरायल हो । जुन ह्यदयघाटबाट बचाउदछ । यसमा गडबडी आउनु भनेको ह्यदयघातलाई निम्तो दिनु हो ।

लिभरः जब चिनीको सेवन धेरै गरिन्छ त्यसले फ्रक्टोस सिधै लिभरमा पुग्छ । फ्रन्टोस शरिरको लागि आवश्यक पर्ने तत्व हो तर शरिरलाई हामीले शारिरिक परिश्रम नगरि आराम मात्र गरायौ भयो यो फ्रन्टोस हानिकारण९बोसो० तत्वमा परिणत हुन्छ । जसमा नन अलहोलकि बोसो लिभर रोग९एनएएफलडी० हुन जान्छ । जुन कालान्तरमा क्यानसर समेत हुन सक्छ ।

दाँतको समस्याः चिनीमा रिक्त क्यालरी पाइने गदर्छ । चिनीमा कायौ प्रोटिन,आबश्यक चिल्लो,भिटामिन र खनिज पदर्छ पाइदैनन । दाँतका निम्ती चीनी धेरै हानिकारक बस्तु भएको पत्ता लागेको छ । किनकी चीनीमा मुखमा पाइने ब्याक्टेरियाको रिक्त क्यालोरिका रुपमा चीनीले उर्जा उत्पन्न गर्ने गर्छ जसले दाँतलाई खराब बनाउन सक्छ । चिनी वा अन्य गुलियो बस्तु खाइसकेपछि एक पटक मुख कुल्ला गर्न चिकित्सकले सलाह दिने गरेका छन ।

चिनीको लत बस्ने डरः दैनिक धेरैमात्रामा चिनी खाइरहने मानिसलाई चिनी खाइरहने बानीको लत लाग्न सक्छ । चिनीले मानिसको दिमागबाट डोपामानलाई चलाइमान गराइदिन्छ जसका कारण चीनीको अत्याधिक लत बस्न सक्छ । चिनी धेरै सेवन गर्ने मानिसको तौल अत्याधिक बढ्न सक्छ । – एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!