सर्लाहीबाट देखियो उखु किसानको भुक्तानी समस्या

सर्लाहीका उखु मिलहरुले किसानलाई समयमै भुक्तानी नदिदा उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।

सर्लाहीमा रहेका तीन उखुमिल मध्ये हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै भुक्तानी नदिएपछि किसानले उद्योगमा उखु बेच्न छाडेका हुन् ।

इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । तर अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुनेमा अन्योल रहेको छ ।

यसैबीच, सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य न्यूनतम मूल्य प्रति क्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका छन् ।

मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७ सय ५ रुपैयाँ कायम गर्न माग गरेका हुन्  । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले सोही अनुसार उखुको पनि मूल्य वृद्धि गर्न किसानले माग गरेका छन् ।

 

Leave a Reply