यसकारण कृषि कर्ममा प्रविधिको महत्व छ

  •  
  •  
  •  
  •  
  •  
  •  

झापा – खेतीमा खर्च मात्र हुन थालेपछि कुनैबेला निराश बनेका झापाका किसान यतिबेला हर्षित छन् । झापाको २ हजार हेक्टर क्षेत्रफललाई सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेयता किसानले हरेक वर्ष २ बाली धान खेती लगाउँदैछन् ।

मुलुककै होचो भूभाग कचनकवलका किसानले खेतीमा खर्च बढी भएको भन्दै चैतेधान रोप्नै छाडेका थिए । सिँचाईको व्यवस्था नहुँदा हिउँदे धान लगाउने बेलामा पनि किसानले डिजेल किनेर मेसिनबाट पानी निकाल्नुपथ्र्यो । सरकारले यस क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन घोषणा गरिदिएपछि यहाँका किसानले धेरै कुरामा सुविधा पाएका छन् । केचनाकवलका किसानहरुउनीहरुले खेतीमा नयाँ नयाँ प्रविधिसमेत प्रयोग गर्न थालेका छन् ।

सुपरजोनले नयाँनयाँ तरिका सिकाएपछि खेतीमा खर्च कम हुन थालेको किसानको अनुभव छ । अरुबेलाको भन्दा राम्रो धान उब्जनी हुनेमा यहाँका किसान विश्वस्त छन् । धान सुपरजोन क्षेत्र घोषणा भएपछि सरकारबाट किसानले ८५ प्रतिशत अनुदानमा साना सिँचाइ, सोलार बोरिङ र पम्पसेट पाएका छन् । तर, उब्जनी भएको धानले कहिलेकाहीँ बजार नपाउँदा किसानलाई चिन्ता थपिन्छ ।

कचनकवल गाउँपालिकाका ७ वटै वडा र भद्रपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ धान सुपरजोनको कार्यक्षेत्र हो । धानबालीको उत्पादकत्व बढाउन, यसको भण्डारण सुधार गर्न र उत्पादित धानलाई बजारिकरणमा सहयोग गर्ने किसिमले सुपरजोन कार्यान्वयन इकाइले काम गर्दै आएको छ ।

सुपरजोन क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउन ९ सदस्यीय सुपरजोन सञ्चालक समिति गठन गरिएको छ । धान उत्पादन बढाउने कृषक समूहलाई परियोजनाले प्रतिहेक्टर १० हजार रुपैयाँका दरले प्रोत्साहन अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!