लक्ष्मी मा.वि. जगतपुरमा कृषि प्रर्दशनी

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन – भरतपुर, २३ जगतपुरको लक्ष्मी माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरिएको छ । यहि पौष १ गतेदखी ११ गतेसम्म चल्ने महोत्सवमा ४ गतेदेखी कृषि प्रर्दशनीको समेत आयोजना गरिएको छ ।

कृषि प्रर्दशनीमा हिमालदेखी पहाडसम्म अपनाइने एकिकृत खेती प्रणालीको झल्को दिने  सामागी् , मौरिपालन प्रविधी, हाइड्रोपोनिक्स प्रविधि, च्याउ खेती प्रविधि, कृषक पाठशाला, खेतीबालिमा लाग्ने रोग तथा किराको लक्षण तथा व्यवथापनका उपाए लगाएत अधिक जानकारी सरल ढङ्गले दिने किसिमका सामागी्रहरु पर्दशनीमा राखिएको छ ।

 

 

त्यसै अवसरमा अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको विद्यालयका कृषि विषयका संयोजक उप प्राध्यापक चिरन अधिकारीले जानकारी दिनुभयो ।

उक्त विद्यालयमा कृषि विषयतर्फ आई. एस्सी. एजी., तथा जे.टी.ए. विषयका शैक्षिक कार्यक्रम समेत सँचालित छन् । विद्यालय कृषि विषयतर्फ आई. एस्सी. एजी. पहिलो वर्षको अन्र्तगत गत वर्षको नतिजामा नेपालमै छैटौँ नम्बरमा परेको कृषि विषयका संयोजक उप प्राध्यापक चिरन अधिकारीले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!