उत्पादन कम र भारत निर्यातले गोलभेँडाको मूल्यमा अत्याधिक वृद्धि

काठमाडौं । महिना दिन अगाडी बिक्री नभएर सडकमा फालिएको गोलभेडा अहिले १७० रुपैयाँ पुगेको छ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहले बताए ।

उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेँडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यावसायीहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको थियो ।

पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेँडाको मूल्य उच्च रुपमा बढेको हो । एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको छ । नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात हुँदा मूल्य वृद्धि भएको ब्यवसायी बताउँछन् । गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताइन् । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताइन्।

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here