चिया खेती गर्ने एक प्रतिशत किसानले मात्रै संस्थागत खेती गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रुपमा खेती गर्ने गरेको तथ्याङक पाईएको छ ।

केन्द्रीय तथ्यांक बिभाग र राष्ट्रिय चिया तथा कफि विकास बोर्डले संयुक्त रुपमा गरको व्यावसायिक चिया खेती सर्वेक्षणमा यस्तो भेटिएको हो । देशभरि १४ जिल्लामा व्यावसायिक चिया खेती गरिदै आइएको छ ।

१४ जिल्लामा ९ हजार २ सय ३६ कृषकले चिया खेती गर्दै आएका छन । जसमध्ये १ सय ८ कृषक अर्थात (१.२ प्रतिशत) ले मात्रै संस्थागत रुपमा यो खेती गर्दै आएको सर्वेक्षणमा देखिएको छ । ९ हजार १ सय २७ अर्थात (९८.८ प्रतिशत) ले भने व्यक्तिगत रुपमा यो खेती गर्दे आएका छन । व्यावसायिक खेती हुन नसक्दा माग भए पनि प्रयाप्त मात्रमा उत्पादन र निर्यात हुन सकेको छैन ।

बोर्डका अनुसार नेपालमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । उत्पादन भएका ५५ प्रतिशत सीटीसी चिया भारत निर्यात हुन्छ भने अर्थोडक्स चिया ९० प्रतिशत भारतलगायत अन्य मुलुकमा निर्यात हुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!