चियाले धानेको नेपालको इज्जत, सवा तीन अर्बको चिया निर्यात

  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं – अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वार्षिक सवा तीन अर्ब रुपैयाँको चिया निर्यात भएको छ। पछिल्ला पाँच वर्षमा चिया उत्पादन र निर्यात ह्वात्तै बढेको छ।

आर्थिक वर्ष ०७०र७१ मा दुई अर्ब २९ करोड रुपैयाँको चिया निर्यात भएकोमा आव ०७४÷७५ मा बढेर तीन अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको बोर्डले जनाएको छ। पाँच वर्षमा निर्यात बढेर १५ हजार ६ सय ८५ टन पुगेको छ। पाँच वर्षको अवधिमा एक अर्ब २२ करोड २२ लाख रुपैयाँको चार हजार दुई सय ८९ मेट्रिक टन चिया धेरै निर्यात भएको छ। यो वर्ष चैतबाट किसानले चिया टिप्न सुरु गरेका छन्।

चिया निर्यातजन्य बाली भएकाले उत्पादन बढेर निर्यात पनि बढेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। ‘चिया उद्योग, बिरुवा, नर्सरीमा अनुदान दिएपछि किसान र लगानीकर्ताको आकर्षण देखिएको छ,’ गौतमले भने, ‘बाँझो जग्गामा लगाएपछि धेरै वर्ष उत्पादन दिने भएकाले चिया खेती रोजाइमा परेको छ।’
स्वदेशीमात्र नभएर विदेशी बजारमा नेपाली चियाको बजार विस्तार भएको गौतमले बताए। ‘यहाँ उत्पादन भएको अर्थोडक्स चिया १० प्रतिशत र सिटिसी चिया ५० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ,’ गौतमले भने। चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ। पछिल्ला वर्ष पूर्वी नेपालमात्र नभएर अन्य जिल्लामा पनि चिया खेती विस्तार भएकाले उत्पादन बढेको हो।

विदेश निर्यात गर्न सजिलो होस् भनेर बोर्डले नेपाली अर्थोडक्स चिया सर्टिफिेकसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका जारी गरेको छ। ‘नेपाली चियाको एउटै ट्रेडमार्क हुँदा चिया निर्यातमा सजिलो हुन्छ,’ बोर्डका योजना अधिकृत गौरव लुइँटेलले भने, ‘अर्थोडक्स चियाले ब्रान्ड पहिचान बनाई तेस्रो मुलुक निर्यात बढाउन सहयोग पुग्छ।’ यहाँ उत्पादन भएको अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरेको हो। बोर्डले विदेशी बायर ९क्रेता०लाई आकर्षित गर्न ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्ड प्रयोगमा ल्याउने तयारी गरेको छ। बोेर्डले अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारतलगायत मुलुकका कफी पैठारीकर्तालाई सगरमाथा आधार शिविरमा लगेर नेपाली अर्थोडक्स चियाको स्वाद चखाउँदै ब्रान्ड सार्वजनिक गरेको थियो।

मुलुकमा अहिले २८ हजार पाँच सय ९५ हेक्टर क्षेत्रफलमा चिया खेती छ। पूर्वी नेपाल चियाको पकेट क्षेत्रको रुपमा परिचित छ। पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमसहित दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेती छ।

बोर्डका अनुसार वार्षिक दुई करोड ४८ लाख किलो तयारी चिया उत्पादन हुन्छ। सिटिसी चियाको उत्पादन धेरै छ। एक करोड ८८ लाख किलो सिटिसी र ५९ लाख किलो अर्थोडक्स चिया उत्पादन भइरहेको बोर्डले जनाएको छ। करिब १५ हजार एक सय साना किसानले १३ हजार नौ सय २७ हेक्टरमा साना खेती विस्तार गरेका छन्। अहिले मुलुकमा डेढ सयभन्दा बढी साना तथा ठूला चिया प्रशोधन उद्योग सञ्चालनमा छन्। तराईमा ३२ वटा सिटिसी र दुईवटा अर्थोडक्स चिया प्रशोधन उद्योग छन्। पहाडमा ३१ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र छन्। पछिल्लो समय स्पेसियालिटी र ग्रिन टीको माग पूर्ति गर्न एक सयभन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएको बोर्डले जनाएको छ।

चिया खेतीमा ठूला लगानीसँगै किसानकै सक्रियतामा धमाधम उद्योग सञ्चालन भइरहेका छन्। चिया किसानको सक्रियतामा सहकारी संस्थाहरुले ३१ चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको केन्द्रीय चिया सहकारी संघ लिमिटेडका महासचिव रविन राईले बताए। सहकारी र चिया किसानको लगानीमा उद्योग सञ्चालनमा ल्याएको उनले बताए। सहकारीले उद्योगमा न्यूनतम ३० लाखदेखि १२ करोड रुपैयाँसम्म लगानी गरेका छन्। सहकारीले चिया उद्योग सञ्चालन गरेपछि उचित मूल्य पाएको किसान बताउँछन्। चिया खेती हुने क्षेत्रमा चिया सहकारीको संख्या एक सय १० वटा रहे पनि ३१ सहकारीले मात्र उद्योग सञ्चालन गरेका छन्।

चिया सहकारीले उद्योग सञ्चालन गरेपछि किसानलाई धेरै फाइदा पुगेको छ। उत्पादित चियाको बजारीकरणमा सघाउ पु(याउन नै चिया सहकारी स्थापना गरेको केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए। सहकारीले उत्पादन गरेको चिया भारत, नेदरल्यान्ड, अमेरिका, फ्रान्स, जर्मनीलगायत मुलुकमा निर्यात हुन्छ।
यो वर्ष भने चिया मजदुरका कारण चिया क्षेत्र समस्यामा परेको छ।

चैतबाट चिया टिप्न सुरु हुने सिजन भए पनि मजदुर आन्दोलनका कारण चिया टिप्न ढिलाइ भयो। जसकारण वर्षभर कै उत्कृष्ट गुणस्तरको मानिने चियाको पहिलो टिपाइ ९फस्ट फ्लस० नस्ट भएको र चिया उद्योगलाई दैनिक लाखौं रुपियाँ घाटा भइरहेको बताइएको छ।

सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको न्यूनतम पारिश्रमिक प्रतिदिन ज्याला दुई ७८ रुपैयाँबाट बढाएर तीन ८५ रुपैयाँ पु¥याएको थियो। चिया उद्योगीले बढेको ज्याला दिन नसक्ने बताएपछि मदजुर आन्दोलित छन्। चिया उद्योगलाई राज्यको तर्फबाट थप सुविधा नभएसम्म बढेको ज्याला दिन नसक्ने चिया उद्योगीले बताउँदै आएका छन्। – नागरिकबाट


  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here