यसकारण खानुस चिसोमा चिया

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अहिले काठमाडौं लगाएत हिमाल, पहाड र तराई क्षेत्र सबै ठाउँमा चिसो मौसम सुरु भइसकेको छ । हरेक नेपालिलाई चिसोसँगै चियाको तलतल त लागि नै हाल्छ । अझ भनौ हामी चिसो र चियालाई एकअर्काका पुरक नै मान्छौ ।

हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउछन त कसैले दुध चिया मन पराउँछन ।

अझ भनौ स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ । नियमित रूपमा कालो चिया पिउनाले मधुमेह, उच्च कोलेस्ट्रोल, मृगौलाको पत्थरी, फोक्सोको क्यान्सर हुनबाट पनि बचाउँछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!