पर्यटन प्रवद्धनका लागि पहिला आफै घुमौं

कास्की, वैशाख ८ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताउनुभएको छ ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सन् २०२० मा १५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि त्यसका लागि राम्रो तयारी हुनसकेमा २० लाख पर्यटक पु¥याउन सकिने उहाँले बताउनुभयो ।

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले भूकम्पपछिको उद्धार तथा राहतजस्ता काममा लायन्सले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको चर्चा गर्नुभयो ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफूलाई क्रियाशील बनाएको बताउँदै ३२५ बी १ ले आफ्नो कार्य अवधिमा योजनाअनुसार विभिन्न काम सम्पन्न गरेको बताउनुभयो ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का महासचिव चण्डीप्रसाद अर्यालका अनुसार भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

5 COMMENTS

  1. I was curious if you ever considered changing the page
    layout of your website? Its very well written; I love what youve got to say.
    But maybe you could a little more in the way of content so people could connect with it better.

    Youve got an awful lot of text for only having one or two
    images. Maybe you could space it out better? I saw similar here:
    E-commerce

  2. Hello there! Do you know if they make any plugins to help with
    SEO? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good success.
    If you know of any please share. Thank you! You can read similar article here:
    Auto Approve List

  3. Hi! Do you know if they make any plugins to assist with Search Engine Optimization? I’m
    trying to get my website to rank for some targeted keywords but I’m not seeing very good
    gains. If you know of any please share. Thank you!
    I saw similar article here: Backlink Building

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here