भोलिदेखि धरानमा तीन दिने ईष्ट टुरिजम मार्ट हुने

  •  
  •  
  •  
  •  
  •  
  •  

धरान, जेठ २३ – प्रदेश नम्बर १ मा पर्यटकीय गतिबिधी बढाउन धरानमा तीन दिने ईष्ट टुरिजम मार्ट हुने भएको छ । जेठ २४ गते देखि २६ गतेसम्म हुने मार्टमा धरानमा रहेको पर्यटकीय गन्तव्यका बारेमो पर्यटकलाई प्याकेजमा जानकारी दिइने भएको छ ।

भारत, भुटान, बंगलादेश र चाईनाको पर्यटकहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको मार्टमा विशुद्ध पर्यटनका प्याकेजहरु खरिद विक्रि हुने आयोजकले जनाएको छ । मार्टमा पर्यटन प्याकेज किन्ने र बेच्ने गरी ८० जना पर्यटन व्यवसायीले स्टल राख्नेछन् ।

नेपाल पर्यटक बोर्डको सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा सो मार्ट हुन लागेको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!