वृद्धि हुँदै नेपाल आउने पर्यटकको सङ्ख्या

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं –

सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

तथ्यांक अनुसार जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएकाे वर्षको जुलाइ महिनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गएकाे वर्ष जुलाइ महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१८ को सात महिनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो भएकाे नेपाल पर्यटन बाेर्डले जनाएकाे छ ।

भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गएकाे वर्षको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारीसमेत गरिसकेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!