रुख बिरामी भएपछि स्लाइनमार्फत औषधि दिइँदै (तस्बिरमा)

तेलंगानामा रहेको ७ सय वर्ष पुरानो बरको रुखलाई स्लाइनमार्फत विशेष किटनाशक औषधि दिइएको छ । रुखमा सुइ घोचेर नभै बोतलमा सलाइन पानीसँगै किटनाशक औषधि राखेर रुखका हाँगाहरुमा यत्रतत्र किटनाशक र पानीका थोपा खसाइएको छ ।

यो रुख निकै विशाल छ र तीन एक्कड क्षेत्रफलमा फैलिएको छ । यो रुख दुनियाँको दोस्राे सबैभन्दा ठूलो रुख भएकाे दावी गरिएकाे छ । बुढ्यौली लागेसँगै यो रुखमा धमिराको आक्रमण निकै बढिरहेको छ ।

धमिराका कारण रुखका हाँगाबिँगा नै मक्किएर सुक्ने जोखिम बढेसँगै धमिरालगायतका कीटनाशक औषधि रुखका हाँगाबिँगामा सलाइनसँगै दिइएको हो । साथै संक्रमण नफैलियोस् भनेर जरालाई पनि पाइपले बाँधिएको छ ।

रुख हराभरा होस् भन्नका लागि पानी तथा मलखादको व्यवस्था गर्ने योजना पनि सरकारी अधिकारीको छ । साथै रुख नढलोस् भन्नका लागि सिमेन्टका पिलर बनाएर टेको लगाइनेछ । पछिल्लो समयमा रुखका हाँगा मक्किएर भाँच्चिन थालेका थिए । त्यसका कारण आगन्तुकहरुालई पनि रुखको नजिक जानबाट रोक्नुपरेको थियो ।

error: Content is protected !!