नेपालीलाई जन्मिदै ३० हजार ऋणको भार

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ । सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको हो ।

५ वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो । एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ । गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो । गएको आवमा सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार पाँच सय ४७ रूपैयाँ ऋण पुगेको छ अघिल्लो आवसम्म प्रति नेपालीले २४ हजार एक सय ४३ रूपैयाँ ऋणको दायित्व बोक्नु परेको थियो ।

एक वर्षको अन्तरालमा प्रतिव्यक्ति ६ हजार चार सय चार रूपैयाँले ऋणभार थपिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७४/७५ मा सरकारले लिएको ऋणमध्ये पाँच खर्ब तीन अर्ब ६२ करोड वैदेशिक ऋण हो।

सरकारले विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिल, वैदेशिक रोजगारपत्र मार्फत एक वर्षको अवधिमा तीन खर्ब ९१ अर्ब १५ करोड आन्तरिक ऋण उठाएको छ । गत आवमा सरकारले लिएको ऋणमध्ये चार खर्ब १३ अर्ब ९७ करोड वैदेशिक ऋण हो भने दुई खर्ब ८३ अर्ब ७१ करोड आन्तरिक ऋण हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!