भेटेरिनरी एशोसिएनको १३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं,जेठ ९ – नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा बुधबारदेखि तीनदिने भेटेरिनरी बिषयमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलन आर्मी अफिसर्स क्लव भद्रकालीमा आयोजना गरिएको छ । सम्मेलनको उदघाट्न प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गर्ने तय भएको छ ।

एशोसिएसनले स्थापना भएको ५० बर्ष पुरा गरेको अवसरमा बुधबार नै ५० औं स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । एशोसिएसनले पत्रकार सम्मेलन गर्दै एशोसिएसनले यस्तो जानकारी दिएको हो । एशोसिएसनका महासचिब डा। राजेन्द्रप्रसाद यादबले स्वर्ण जयन्ती र राष्ट्रिय सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

नेपालको सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रमा पशु चिकित्साको क्षेत्रमा कार्यरत भेटेरिनरीयनहरुको पेशागत हकहितका लागि विस २०२४ सालमा यस एशोसिएसनको स्थापना भएको हो । यस एशोसिएसनमा हाल १,०४६ जना सदस्य आवद्ध रहेका छन् भने देश तथा विदेशका विश्व विद्यालयहरुबाट वार्षिक करिव २०० भेटेरिनरीयनहरु उत्पादन भैरहेका छन् । यस एशोसिएसनले भेटेरिनरी पेशागत हकहितका साथै उपभोक्ताको स्वच्छ पशु तथा पशुजन्य पदार्थ उपभोग गर्ने अधिकारको सुनिश्चितताको लागि आवाज उठाउँदै आएको छ ।

सम्मेलनमा संघीयतामा भेटेरिनरी क्षेत्र, पशु स्वास्थ्य तथा उत्पादन, वन्यजन्तु तथा घरपालुवा जनावर, भेटेरिनरी जनस्वास्थ्य, जुनोसिस, पशुअघिकारलगायतका बिषयमा ४० भन्दा बढी कार्यपत्रहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका वैज्ञानिकहरुले प्रस्तुत गर्दैछन् ।

error: Content is protected !!