काठमाडाैंका लागि दैनिक तीन कराेड लिटर पानी थपियाे

अाजदेखि काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थप गरेर वितरण सुरु गरिएकाे हाे ।

दशैंसम्म मलेम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजनामा साथ काम भइहेको छ । काठमाडौंमा पानीको माग बढ्दै गएपछि सरकारले बागमतीको पानी वितरण लाइनमा थपेको हो ।

अहिले मेलम्चीको पानी आएपछि वितरण गर्न पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मेलम्चीको सुरुङ फिनिसिङको काम पनि अघि बढेको छ ।

मेलम्चीको काम अझै नसकिएकाले पानी कहिले काठमाडौं आइपुग्छ भन्ने टुंगो नभएपछि खानेपानी संस्थानले थप ३ करोड लिटर पानी वितरण सञ्जालमा थपेको छ ।

error: Content is protected !!