३४ जोन तथा सुपरजोन थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ:

चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अवधिमा विभिन्न बाली र वस्तुमा ३४ वटा जोन र सुपरजोन थप गरेको छ । नयाँ जोन तथा सुपरजोनको कार्यक्षेत्र निर्धारण सम्बन्धमा संखुवासभा, झापा, मोरङ, सुनसरी, उदयपुर, कपिलवस्तु, चितवन, नवलपरासी (पूर्व), बैतडी, मुस्ताङ, बाग्लुङ, म्याग्दी, इलाम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, रुकुम (पूर्व), भोजपुर, इलाम, पाँचथर, मनाङ, सोलुखुम्बु, दोलखा, कालिकोट, गुल्मी जिल्लामा जोनको कार्य क्षेत्र निर्धारण गरिएको छ ।

चालू आ.व. २०७५/७६ सम्म ६९ जोन र १४ सुपरजोन गरी जम्मा ८३ जोन र सुपरजोनका कार्यक्रम सञ्चालन गरिएको छ । साथै सातैवटा प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत देशभरि ३१२ ब्लक तथा २७९३ पकेट कार्यक्रम सञ्चालन गरिएको छ । बाह्रै महिना ताजा तरकारी उत्पादनका लागि उच्च प्रविधियुक्त ६ वटा हाइटेक ग्रिन हाउस र ५६ वटा सेमी हाइटेक ग्रिन हाउस निर्माण गरिएको । साथै फलफूल बिरुवा उत्पादनका लागि आठवटा आधुनिक नर्सरी निर्माण गरिएको छ । कृषिलाई उद्योगसँग जोड्ने प्रयासस्वरूप डडेल्धुरा र काभ्रेपलाञ्चोक जिल्लामा निजी क्षेत्रको सहकार्यमा दुईवटा नयाँ आलु चिप्स उद्योग स्थापना गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here