गाईपुराण (भाग-१)

  •  
  •  
  •  
  •  
  •  
  •  

-भण्डारी यात्री मदन

“गाई” शब्द जति छोटो छ त्यति नै कठिन र जटिल छ । आदि–अनादि कालदेखि चल्तिमा आएको भनिएको गाईपालन व्यवसाय कहिले पनि किसानको आम्दानीको श्रोत बन्न सकेन । न सरकारले विदेशबाट अनुदान पाएका गाई सफल भए न खरिद गरि ल्याएका । राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संस्थाहरुले ल्याएका परियोजना पनि निश्फल भएर गए या अपेक्षित नतिजा दिन सकेनन् । काठमाडौंका तारे होटलमा बसेर तयार पारिएका परियोजना वा अनुदानका कार्यक्रम किसानले बुझ्न सकेनन् या किसानलाई सरकारले बुझाउन सकेन थाहा भएन । तर ती परियोजनाले किसानको दुःख देख्न सकेनन् र छिट्टै गए पनि, केवल आँशु लिएर । डाक्टर तयार गर्ने किताब र पाठ्यक्रमले स्थानिय र आयातित जात छुट्याए । टेट्रासाइक्लिन र पेनिसिलिन ग्रुपका औषधि छुट्याए । रोग पढाए, रोकथाम पढाए, उपचार पढाए । उत्पादन पढाए, बजारीकरण पढाए । तर किसानको समस्या पढाउन सकेनन्, समस्या यदाकदा छलफल भएहोला तर समाधान पढाउन सकेनन् । किसान रु.१०० को औषधीलाई १००० तिरे, २५ को सिमेनलाई १५०० तिरे बरु दाना सस्तो खोजे तर औषधि महँगो रोजे । किनकी धर्मले बाँधेको किसान आफु थलिएर मर्न सक्छ, रिनको भारि बोक्न सक्छ तर गाईलाई मर्न दिन उसको मर्मले दिदैन ।

गाईलाई कुनैवेला स्थानीय भनेर दोषारोपण गरीयो, कुनैवेला आयातित भनेर दोषारोपण गरियो । शिक्षित भनिएका डाक्टर, प्राविधिक देखि किसान सम्मले पनि गाईको मर्म बुझ्न सकेनन् या चाहेनन्, साँझ सग्लै दुहेको गाई बिहान बस्छ, उठ्दैन । ४ महिना पहिले ब्याएको गाई बर खोज्दैन, जेनतेन वर खोजे गाभिन हुदैन । गाईलाई यौनेत्तजना आएको हो कि प्राविधिकलाई त्यो पनि भगवान जाने । प्राविधिक यति दक्ष छन की हातले छामेर पानीको १ डीग्रीको तापक्रमको अन्तर थाहा पाउन सक्छन् । किसान यति दक्ष छन कि एन्टिवायोटिक जस्तो संवेदनशिल औषधि विना अध्ययन प्रयोग गर्न सक्छन् । प्राविधिक कुनै कम्पनिको दारु पिएर दाना औषधिको सिफारिस गर्छ, किसान प्राविधिकको सल्लाह विनै दाना तथा औषधिको प्रयोग गर्छ । सिफारिस र प्रयोग बिचमा कसको दोष हो त्यो पत्ता लगाउने जिम्मा यहाँलाई दिएँ ।

मलाई थाहा छ कि खालि दोषरोपण मात्रै गरेर केही हुनेवाला छैन तर गर्ने के त ?  गाईपालन गर्नुअघि राम्रो संग योजना बनाउनुहोस । तपाईले उत्पादन गरेको दुध या मलको बजार कहाँ हो ? त्यहाँ तपाईले कम्तिमा कति रुपैयाँ प्रति लिटर दुध बिक्रि गर्न सक्नुहुन्छ ? कति लिटर दुध उत्पादन गर्नुपर्दछ ? के तपाईसंग प्रयाप्त लगानीको स्रोत छ ? तपाईलाई गाईपालन सम्बन्धि के थाहा छ ? गाईपालन गर्दाका फाइदा र चुनौति ? दक्ष प्राविधिक संग सल्लाह गर्नुहोस् । यहाँ दक्ष भन्नाले व्यवसायिक गाई पालनमा लामो अनुभव भएको प्राविधिक बुझ्नुपर्दछ । कुल लगानी आँकलन गर्नुहोस । आम्दानी आँकलन गर्नुहोस । गाई खरिद देखि ढुवानी सम्म कहिले कहाँ कसरी ? यी प्रश्नको समाधान खोज्नुहोस । तपाई घाँसमा आधारित गाईपालन गर्नुहुन्छ कि दाना र साइलेजमा आधारित ? यसको लागी कम्तिमा एक वर्ष अघि देखि तयारि थाल्नुहोस । गाई गोठमा उतारे पछि घाँस रोप्ने कुरा सोच्ने धेरै हुन्छन । गाईले बच्चा पाउँछ, बच्चा पाउने समयमा छुट्टै किसिमको स्याहार चाहिन्छ । बच्चा जन्मिए पछि पनि छुट्टै किसिमको स्याहार चाहिन्छ । गाई फारमको मुख्य आम्दानीको श्रोत दुध भएपनि नयाँ उत्पादित बाच्छिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । एउटा उच्च नश्लको बाच्छीको मुल्य १,००,००० सम्म पर्छ । यसले तपाईँको फार्मको आम्दानीमा अनपेक्षित वृद्धि ल्याईदिन्छ । व्याई सकेपछि आमा गाईलाई छुट्टै किसिमको स्याहार चाहिन्छ , बाली लाग्ने समयमा छुट्टै ।

एन. जी. ओ., आई. एन. जी. ओ. किन फेल खाए किनकी भ्रमणको नाममा तिनिहरुले खटाएका कर्मचारीले धरानको बुढासुव्वा घुमाए, इलाम घुमाए, मनकामना घुमाए, कसैले दार्जीलिङ घुमाए कसैले महाकाली नदीको पुल… झुक्किएर एक दुइवटा फारम पसे । पसे त कस्ता फारममा भने जहाँ पुरानै शैलीमा अव्यवस्थित गाईपालन गरिएको होस् । एउटा गाउँमा बसेर प्राविधिक सेवा दिएका व्यक्तिलाई के थाहा कुन ठाउँमा कस्तो फारम छ ? उनीहरुलाई थाहा भएको मन्दिर र गुम्बा हो । बर्षौदेखिको घुम्ने सपना प्रोजेक्टले पुरा गर्दियो भन्यो, मख्ख पर्यो र प्रोजक्टको सफलताको प्रतिवेदन बनायो पेश गर्यो । दैलो बाहिर ननिस्किएको किसान धरान पुग्दा मख्ख त्यसमाथि भत्ता । कर्मचारी त किसान जतिञ्जेल मुर्ख हुन्छन त्यतिन्जेल हाईसुख । जाग जनता जाग मान्छे बिग्रे गाईपाल्न छाडे नभन यो तिम्रा लागी अवसर हो । दुध उत्पादन गर पैसा कमाउ । आफ्नो श्रमको उचित मुल्य लिन नबिर्स । सहकारी आफुले बनाउ, आफ्नो नेतृत्व गराउ । लगानी अनुसारको दुधको भाउ तोक । दुधको परिकार पनिर र दही भन्दा अझ धेरै छन् खोज र प्रयोगमा ल्याउ । दुध नखानेले घिउ पनि नखानेले दही, मही खान्छ । कसैले एउट अनि बन्छ किसान, अनि बन्छ देश ।

-बी भी एस्सी एण्ड एएच 


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!