हुम्लामा अर्गानिक स्याउको उत्पादनमा वृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  

सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ ।

स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका बेला पानी परेको कारण स्याउको उत्पादनमा वृद्धि भएको हो ।

यो क्रम अब बर्सेनि जारी रहने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । “हरेक वर्ष स्थानीयहरूले स्याउ लगाउने क्रम जारी राख्दै आएका छन”,यस वर्ष हुम्ला जिल्लामा गत वर्षभन्दा १७ प्रतिशत स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले बताउनुभयो ।

हुम्ला जिल्लामा चालू आर्थिक वर्षमा २८४ हेक्टर जमिनमा लगाएका स्याउबाट उत्पादन आउन थालेको र यसमा लगाइएका स्याउबाट दुई हजार ५९३ मेट्रिक टन स्याउ उत्पादन भएको विवरण गाउँपालिकाबाट आएको उहाँले जनाउनुभयो । गत वर्ष २७० हेक्टरमा खेती गरिएकोमा त्यसबाट दुई हजार १६० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
गत वर्षभन्दा ४३३ मेट्रिक टन स्याउ बढी उत्पादन भएको देखिन्छ । यस वर्ष स्याउको उत्पादकत्वको अवस्था नौ दशमलव १३ रहेको प्रमुख झाले बताउनुभयो । एक हेक्टर जमिनमा ३५० बोट स्याउ रोप्न सकिन्छ ।

हुम्ला जिल्लामा रेड, गोल्डेन डेलिसिय, चक्लेटी, जोनाथन प्रजातिका स्याउ फल्छन् । यी सबै प्रजातिका स्याउ यसपालि राम्रो फल्दा स्याउको उत्पादनमा वृद्धि भएको हो । १५० बोट लगाएपछि स्याउ फार्मका रूपमा गणना हुने र हालसम्म यसरी फार्मका रूपमा स्याउ लगाउने किसानको सङ्ख्या २९३ भन्दा बढी रहेको कृषि विकास कार्यालयले जनाएको छ । हुम्लाका अधिकांश घरमा दुई चार बोट स्याउ लगाउने गरिन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here