लमहीः
नियमित परेको असिना पानीले दाङ शान्तिनगर गाउँपालिका–१ का किसानले लगाएको अन्नबालीमा क्षति भएको छ ।बिहीबारदेखि शनिबार बिहानसम्म परेको असिना पानीले वडा नं १ को आरुखुट्टी, बाझबिसौना, बान्द्रखोला, सल्लाघारीलगायतका किसानले लगाएको अन्नबालीमा क्षति पु¥याएको वडाध्यक्ष जङबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार किसानले लगाएको तोरी, गहुँ तथा तरकारी बालीमा पूर्ण क्षति पु¥याएको छ । नियमित परेको असिनासहितको पानीले अन्नबालीमा क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । अध्यक्ष पुनकाअनुसार रु ५० लाख बराबरको क्षति भएको छ । कृषि खेतीबाट निर्भर रहने त्यस क्षेत्रका बासिन्दाले एक वर्षभरिको दुःख खेर जाँदा दुखी भएको बताएका छन् ।