किसान र ब्यापारी बीच अन्तरक्रिया सम्पन्न

पर्वत । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा पर्वतमा कृषि उपज उत्पादक र व्यपारीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुधबार कृषि ज्ञान केन्द्र पर्वतमा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख बासुदेव रेग्मीले अहिले योजना तर्जुमाको बेला भएकोले बजारलाई व्यवस्थित गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर उक्त अन्तरक्रिया आयोजना गरेको बताउनुभयो ।
“किसानहरुले आफ्नो उत्पादन बिक्रि नभएको गुनासो गर्नुहुन्छ । हामीलाई चाहिएको परिमाणमा उपज दिन नसकेकोले बाहिरबाट ल्याउनु पर्ने बाध्याता छ, यदि किसानहरुले चाहिएको परिमाणमा उपज उपलब्ध गराउन सक्नुहुन्छ भने हामीले बाहिरबाट ल्याउँदैनौ भन्ने व्यपारीको धारणा छ । बिचौलियाले गर्दा किसानले उचित मुल्य नपाएको समस्या पनि विद्यमान छ त्यसैले किसानका उपजको कसरी बढी भन्दा बढी मुल्य पार्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।” उहाँले भन्नुभयो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here