वाणिज्य बैंकले गरे कुल कर्जाको ११ प्रतिशत कृषिमा लगानी

  •  
  •  
  •  
  •  
  •  
  •  

वाणिज्य बैंकहरूले कुल कर्जाको ११ प्रतिशतभन्दा धेरै रकम कृषि क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले अहिले वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जाको ११ दशमलव दुई प्रतिशत कर्जा कृषि क्षेत्रका लागि प्रवाह गरेको जनाएको छ ।

वाणिज्य बैंकले कुल कर्जा लगानीमध्ये २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीति रहेको छ ।

यस्तै, वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ पुस मसान्तमा पाँच दशमलव ७२ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!