माछापालन शुरु गर्न के के कुरामा ध्यान दिनु पर्दछ ?
पानीको उपलव्धता तथा गुणस्तर
माटोको किसिम
जमिनको बनौट
माछा पोखरी कत्रो साइजको बनाउनु पर्दछ ?
नर्सरी पोखरी : ०.०२-०.०६ हेक्टर,
रियरिङ पोखरी : ०.०६-०.२ हेक्टर
उत्पादन पोखरीको : ०.२-१.० हेक्टर
डीलको चौर्डाई ५ मिटर भन्दा कम राख्नु पर्दछ ।
माछापालनको लागि पानीको गहिराइ कती हुनु पर्दछ ?
कार्प जातीका माछा पालनको लागि पानीको गहिराइ १.२ देखि १.५ मिटर हुनु पर्दछ ।
माछा पोखरीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
चिम्टयाइलो दोमट माटो माछा पोखरीको लागि सबै भन्दा राम्रो माटो हो ।
माछापालनको लागि पानीको तापक्रम कती चाहिन्छ ?
कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन ।
यि माछाको बृद्धिको लागि २२-३२ डिग्री सेन्टिग्रेड सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ ।
६ महिना भन्दा कम समय यो तापक्रम उपलब्ध नहुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुदैन ।
पोखरीमा माछा भुरा राख्नु भन्दा अगाडी के कस्तो तयारी गर्नुपर्छ ?
पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने ।
झारपातहरु सबै उखेलेर सफा गर्ने ।
पोखरीमा १५ देखि २० के. जी॰ प्रति कठ्ठाको दरले चुन र्छकने ।
पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।
७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने ।
यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
नेपालको तर्राईमा पालनको लागि उपयुक्त माछाका जातहरु के-के हुन् ?
कार्प जातको : कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी, भाकुरा ।
अन्य जातको : टिलापिया, मागुर, पंगास, आदि माछाहरु ।
पोखरीमा चुना कहिले र कति मात्रामा हाल्नु पर्दछ
पोखरीमा चुना र्छर्ने काम पानी भर्नु भन्दा करिब एक साता पहिले गर्नु बेस हुन्छ ।
पोखरीको माटोको पि. एच. जाँच गरेर चुनाको मात्रा निर्धारण गर्नु पर्छ ।
सामान्यतया एक कठ्ठाको पोखरीमा १५ किलोको दरले चुना हाल्नु पर्दछ ।
पोखरीमा मलखाद कहिले र कति मात्रामा हाल्नु पर्दछ ?
पोखरीमा भुरा छाड्नु भन्दा एक हप्ता अगावैमल राख्नु पर्दछ ।
हरेक हप्ता प्रति कठ्ठा ०.८ के.जी. डि ए पी, १.२ के.जी. युरिया र ६० के. जी. पाकेको गोबर मल राख्नु पर्दछ ।
कार्प माछाको लागि कस्तो दाना खुवाउनु पर्छ ?
भुरा माछा र खाने माछाको लागि क्रमशः ३० र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
ढुटो र पीना आधि-आधि मिसाउँदा लगभग २० प्रतिशत प्रोटिन भएको दाना बन्दछ ।
बजारमा पाइने पेलेट दाना केहि महंगो भएता पनि किफायती हुन्छ ।
ग्रासकार्प माछाले के-के घाँसहरु खान्छ ?
केराको पात, किम्बुको पात, इपिल इपिलको पात तथा अन्य कलिलो पात हुने घाँसहरु ।
पोखरीमा जङ्गली माछा मार्न के प्रयोग गर्नु पर्दछ ?
जङ्गली माछा मार्न मत्स्य विषको रुपमा आमोनियम सल्फेट १२.५ कि. ग्रा. प्रति कठ्ठा र चुना ६५.५ कि.ग्रा. प्रति कठ्ठा प्रयोग गर्नु पर्दछ ।
माछापोखरीमा कति भुरा हाल्नु पर्दछ ?
एक हेक्टरको पोखरीमा ३ देखि ४ इन्च साइजका १०,००० देखि १५,००० सम्म माछा भुरा राख्न सकिन्छ ।
१ कठ्ठा को पोखरीमा ३५० देखि ५०० गोटा भुराहरु राख्नु पर्दछ ।
भुराहरुको साइज सानो भएमा संख्या बढाउनु पर्ने हुन्छ ।
पोखरीमा आवश्यक भन्दा बढी भुराहरु राखेमा राम्रो सँग बढ्दैन् ।
पोखरीमा भुरा छाड्ने बेलामा के के कुरामा ध्यान दिनु पर्दछ ?
पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ ।
भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन ।
भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जब सम्म दुबै पानीको तापक्रम बराबर हुदैन ।
जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ ।
तापक्रम बराबर हुन लागि कम्तिमा १०-१५ मिनेट समय लाग्छ ।
माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन ।
पोखरीको पानीमा नै बिस्तारै छाडेमा तिनीहरु आफै पौडदै पानीमा खेल्दै जान्छन् ।
पोखरीमा भुरा स्टकिङ्गको जातीय अनुपात के हो ?
क्र स | माछाको जात | सातै जात पाल्दा (%) | चाईनिज कार्प मात्र (%) | स्थानीय कार्प मात्र (%) |
१ | कमन कार्प |
२५ |
३५ |
|
२ | सिल्भर कार्प |
३५ |
४५ |
|
३ | विगहेड कार्प |
५ |
१५ |
|
४ | ग्रास कार्प |
५ |
५ |
|
५ | रोहु |
१० |
३० |
|
६ | नैनी |
१५ |
३० |
|
७ | भाकुर |
५ |
४० |
|
जम्मा |
१०० |
१०० |
१०० |
कार्प माछाको भुरा कुन सिजनमा पाइन्छ ?
फाल्गुण – चैत्रमा : कमन कार्प ।
बैशाख, जेष्ठ र आषाढमा : ग्रास कार्प, सिल्भर कार्प र विगहेड कार्प ।
श्रावण – भाद्रमा : रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र निजी हृयाचरी र नर्सरीहरुमा उपलब्ध हुन्छ ।