पहाडी भेगमा पाइने एक वनस्पति हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् ।
नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको
जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ ।
जानिरराखाैँ अलैँची कस्ता राेगका लागि उपयुक्त हुन्छन् ?
कफ राेग
छाती र पेटकाे बीच भागमा जे जति राेगहरू लाग्छन ति सबै कफ बिग्रिएपछि लाग्ने गरेकाे एक अध्यनले देखाएकाे छ । त्यस्ताे बेला अलैची भिजाएर खालीपेटमा चुसी राख्नाले बिस्तारै साे राेग निकाे हुने अनुसन्धानबाट देखिएकाे छ ।
पित्त राेग
कुनै कुनै बेला खाना नपच्ने र उल्टी हुने वा उल्टी गरेकाे बेला म्रखबाट हरीयाे तरल पदार्थ निस्कनुलार्इ पित्त राेग भनिन्छ । याे राेग लागेकाे बेला थाेरै मात्रामा अलैची पिसेर मसिनाे बनार्इ दुध वा ताताेपानीसंग घाेलेर पिएमा केही दिनमा निकाे हुन्छ ।
पाचन राेग
मान्छेकाे शरिर स्वास्थ्य हुनलार्इ पाचन प्रकृया सहि हुनुपर्दछ । पाचन प्रकृया गडबडी भएमा बिभिन्न राेगकाे संक्रमण फैलनुकासाथै राेगबाट ग्रस्त बनाउछ । यस्ताे बेलामा थाेरै मात्रामा अलैचीकाे द ाना मुखमा हालेर चपाइराखे वा ताताेपानीसंग अलैचीकाे दाना पिनेर मिसाएर सेवन गरे याे राेग निर्मुल हुन्छ ।
फाेक्साेकाे ब्यथा
कहिलेकाही फाेक्साे अचानक दुख्नु , पाेल्नुलार्इ फाेक्साेकाे ब्यथा भनिन्छ । यस्ताे बेला बिहान बेलुका नियमित दुध वा ताताे पानीमा अलैचीकाे बाेक्रा सहित चपाएर सेवन गरे केही सातापछि याे राेग बिस्तारै निकाे हुदै जान्छ ।
टाउको दुखेमा
काम गरेर धेरै थकान महसुस भएमा वा टाउकाे दुखेमा पनि अलैचीकाे प्रयाेग गरे याे राेग निकाे हुन्छ ।