१४ बालीका ३६ जात उन्मोचन तथा पञ्जीकरण (जातहरु तथा सिफारिस क्षेत्रसहित)

काठमाडौँ । राष्ट्रिय बीउबिजन समितिले चार बालीका थप १५ नयाँ जात उन्मोचन र १० बालीका २१ जात पञ्जीकरण गरेको छ ।  जसमध्ये गहुँका १०, फापर र गोलभेंडाका २/२ तथा मकैको एउटा नयाँ जात उन्मोचन गरिएको हो । पञ्जीकरण गरिएकामा धानका ६, अलैंचीका ५, उखुका ३ र कोदो, लट्टे, चिनो, कागुनो, रायो, सिमी तथा घिउसिमीको १/१ जात छन् ।

 राष्ट्रिय बीउबिजन समितिका अध्यक्ष तथा कृषि सचिव योगेन्द्रकुमार कार्कीको अध्यक्षतामा समितिको २०७७ चैत्र ११ गते बसेको ५८ औं बैठकले विभिन्न बालीका नयाँ जातहरूलाई अनुमोदन गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि मात्रै बीउले आधिकारिकता पाउने नीतिगत व्यवस्था छ । नार्ककै वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको बीउको नयाँ जात लाइ उन्मोचित जात भनिन्छ । स्वदेशी वा विदेशी पुरानै बीउको नियमअनुसार  कम्तीमा २ वर्षसम्म परीक्षण र अनुसन्धान पछि दर्ता गरिने बीउहरु पञ्जीकृत बीउहरु हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार अहिलेसम्म ७७ बालीका ६ सय ७१ भन्दा बढी जात सूचीकृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here