केही दिनअघि मात्र स्वास्थ्यलाई हानी–नोक्सानी पुर्याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा निर्वाध बिक्री भइरहेको खबरले चिन्तित तुल्यायो । किनकि, म पनि त्यही बजारको उपभोक्ता हुँ र राम्रा रसिला आँप देखेपछि किनेर घर लैजाने मन सबैको हुन्छ ।
बगैंचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।
बगैंचामा फलेको आँप असारको दोस्रो-तेस्रो सातापछि मात्र पाक्ने भएकाले व्यापारीले कार्बाइड प्रयोग गरेर जेठ १५ पछि नै बजारमा बिक्री गर्न ल्याउँछन् । आँप हेर्दा बोटमै पाकेको जस्तै देखिन्छ । आँखा लोभिएपछि मुख रसाउँछ अनि घर लैजाऊँ लैजाऊँ लाग्छ ।
मूल्य राम्रो पाउने र समय अगाडि नै व्यापार गर्ने होडबाजीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आँप मात्र होइन अन्य बेमौसमी फलफूल र तरकारीमा समेत मनग्य विषादीको प्रयोग हुँदै आएको छ । नेपालभित्रै पनि दर्जन प्रकारका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुन सक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ भनेर ।
यस्ता विषादीबाट बच्न हामीले सकभर मौसम अनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल तथा तरकारीहरु किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ ।
जसका कारण फलफूल र तरकारीमा पाइने खनिज तत्व, भिटामिन शरीरमा चाँडै पचेर तुरुन्तै शक्ति प्रदान गर्न सक्छ । विषादीमुक्त तरकारी र फलफूलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालीन रुपमा स्वस्थ राख्न मद्दत पुर्याउँछ । यी खाद्यान्न रेसादार हुने हुनाले कब्जियत हटाउनुका साथै पाइल्स, फिस्टुला जस्ता रोगबाट समेत बचाउँछ ।
फलफूलमा हुने अधिक एन्टिअक्सिडेन्टले जीर्ण रोग लाग्नबाट बचाउँछ । रक्तचाप सन्तुलित गर्न, प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली ठीक राख्न, साथै विभिन्न अंगहरुको तन्दुरुस्तीको लागि विषादीमुक्त फलफूल र तरकारीको महत्वपूर्ण योगदान रहन्छ । तर यिनै फलफूल र तरकारी विषादीयुक्त हुँदा गर्भवती महिलामा समस्या ल्याउने, बालबालिकाहरु अपांग वा सुस्त मनस्थितिका भएर जन्मिने खतरा बढ्छ । अझ विषादीयुक्त फलफूल काँचै खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ ।
खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । तत्कालै बान्ता हुने, पेट दुख्ने तथा कालान्तरमा छालाका रोगहरु देखिने, क्यान्सर, ट्युमर तथा नसा सम्बन्धी स्वास्थ्य समस्या देखिन्छ । मानिसको जीवनलाई मात्र नभई पर्यावरणमा रहेका माटो, हावा, पानीको स्रोत तथा वन्यजन्तुलाई समेत विषादीले ठूलो असर गर्छ । त्यसैले अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दुर्गन्ध हटाउन विषादी प्रयोग गर्ने निर्णयको केही विरोध पनि भएको छ ।
त्यसैले मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट विरुवामा लागेको कीरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने देखिन्छ ।
यदि केही गरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट केही आंशिक रुपमा भए पनि बच्ने सामान्य तरिका अपनाउन सकिन्छ ।
बजारबाट ल्याएको फलफूल तरकारीलाई राम्ररी धुने, पखाल्ने गर्नुपर्छ, तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ । त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन हामीले भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सक्छौं । घरको भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ । नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ ।
त्यसपछि नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २० मिनेटसम्म डुबाएर राख्नुपर्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्दछ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयलाई जनताको सुस्वास्थ्यमा त्यति सरोकार नभए पनि आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु निकै बुद्धिमानी हुन्छ ।
zaspks
Some really great articles on this site, thank you for contribution. “Gratitude is merely the secret hope of further favors.” by La Rochefoucauld.
Great blog here! Also your web site loads up very fast! What web host are you using? Can I get your affiliate link to your host? I wish my website loaded up as quickly as yours lol
20uvko
You have observed very interesting details! ps nice website . “What a grand thing, to be loved What a grander thing still, to love” by Victor Hugo.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Your article helped me a lot, is there any more related content? Thanks!
hdk5ln