स्थानीय तहका जनप्रतिनिधिको कृषि मोह,मुहार फेर्दै बगनासकाली गाउँपालिका

पाल्पा, वैशाख १७ –

स्थानीय तहमा जनप्रतिनिधि आएपछि पाल्पाको बगनासकाली गाँउपालिकाका किसानहरु व्यवसायिक कृषितर्फ आकर्षित भएका छन् । गाउँपालिकाले वितरण गरेको अनुदानमा कृषि सामग्रीबाट राम्रो उत्पादन लिन थालेपछि कृषकहरु उत्साहित भएका हुन् ।

स्थानीय तहको निर्वाचन पछि बगनासकाली गाँउपालिकाले निर्वाहमूखि कृषि प्रणालीलाई व्यावसायिकरणतर्फ रुपान्तरीत गरेपछि कृषकहरुको जिवनमा परिवर्तन देखिन थालेको छ ।

निर्वाहमूखी कृषिमा आवद्ध कृषकलाई समुह र सहकारीमा गोलबन्द बनाई पकेट कार्यक्रम कार्यन्वायनपछि किसानहरु आर्थिक समृद्धितर्फ उन्मुख भएको किसान केशर चिदीले बताउनुभयो ।

गाँउपालिकाले तरकारी खेती गर्ने कृषकहरुका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराउदै आएको छ । अनुदानमा कृषि समन्धि औजार र बीउ बिजन पाएपछि कृषकहरु उत्साहित छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाँउपालिकाले पालिका स्तरीय कृषि नीति निर्माण गरी कृषिलाई ८० लाख रुपियाँ विनियोजन गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले बताउनुभयो ।

क्षेत्रफलको हिसाबले सबैभन्दा सानो बगनासकाली गाउँपालिकामा विषयगत समितिको निर्माण भएपछि सबै वडाहरुमा फरकफरक कृषि प्रणालीको पकेट क्षेत्रको घोषणा गरिएको छ । जनतालाई समृद्ध बनाउन जनप्रतिनिधि लागेपछि स्थानीय तहमै स्वरोजगारको वातावारण सिर्जना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here