आधुनिक कृषि औजारमा किसानको आकर्षण बढ्दो 

  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरी – बैदेशिक रोजगारीका कारण युवा जनशक्ति प्रदेशीयपछि अन्य क्षेत्र जस्तै कृषि क्षेत्र पनि प्रभाबित भएको छ । तराईका अधिकांश जिल्लाहरुमा कृषि मजदुरहरुको अभाब दिनानुदिन बढ्दो छ । केही वर्षदेखि मजदुर अभाबको समस्या झेल्दै आएका सप्तरीका कृषकहरु अहिले आधुनिक कृषि औजारहरुको प्रयोग गर्न थालेका छन् ।
हार्वेसटर कम्पाइन भित्रिएपछि मधेशको कृषिक्षेत्रमा नयाँ आयम थपिएको छ । बैदेशिक रोजगारीको प्रभाबले मजदुर अभाव हुँदा कृषि क्षेत्र संकटमा पर्दै गएको थियो । मजदुर अभाबको हैरानी खेप्दै आएका सप्तरीका किसानले आधुनिक कृषि औजार भित्रिएपछि यतिबेला राहातको महसुस गर्न थालेका छन् ।
अभावै अभावकाबीच धान वाली लगाएपनि काट्ने वेलामा समेत मजदुर नपाएर किसानहरु समस्यामा पर्दै आएका थिए । उपलब्ध मजदुरले पनि दैनिक १० देखि १५ किलोसम्म धान (मजदुरी) र खाना माग गरेपछि उत्पादनभन्दा लागत नै बढी लाग्ने गरेको थियो । यतिवेला भने मजदुरको काम मेसिनले गर्न थालेपछि किसानहरु हर्षित छन् ।
प्रति विघा ६ हजारमा नै मेसिनले धान कटाइदेखि दार्इँसम्मको काम गर्न थालेपछि किसानहरु  मेसिनबाट धान कटाइ गराउन थालेका छन् ।
सप्तरीमा ७० हजार हेक्टरमध्ये यस वर्ष ६३ हजार ५ सय हेक्टर जग्गामा धान वाली लगाइएको थियो । गत वर्ष ५६ हजार हेक्टर जग्गामा १ लाख ५४ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ७ प्रतिशतले वृद्धि भएर १ लाख ७९ हजार ५ सय ५० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!