उत्पादन बढाउनका लागी स्मार्ट कृषि प्रविधी आवश्यक

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन
यहि पौष २५ गतेदेखी माघ ४ गतेसम्म सँचालन हुने चितवन महोत्सव २०७५ मा कृषि सम्बन्धी सेमिनार सोमबार सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्धालय रामपुर चितवनका उपकुलपति प्रा.डा.इश्वरी प्रसाद ढकालले कृषि क्षेत्रको उत्पादन बढाउनको लागी टेक्नोलोजीको विकास र उत्पादन लागत घटाउने तवरले जानुपर्नेमा जोड दिनुभयो । त्यसका लागी आनुवंशिक सुधार, रोग तथा किराको व्यवस्थापनको लागी जैविक विधिको प्रयोग, टिस्यु कल्चरको अबलम्बन जस्ता नविन कृषि पद्धतिमा लाग्नुपर्ने आवश्यकता रहेको र त्यसका विश्वविद्धालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । उपकुलपति ढकालले विश्वविद्धालयल शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यले स्थापना गरिएको भएपनि आवश्यक जनशतिmको अभावले त्यसलाई कार्यान्वयनमा लैजान समस्या रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहप्राध्यापक डा.होमबहादुर बस्नेतले चितवन पोल्ट्री क्षेत्रमा प्रशस्त सम्भावना बोकेको सार्थै कुखुराको मासु, अण्डा र दानाको उत्पादनका लागी नेपालमा १०० अरब भन्दा बढीको लगानी रहेको बताउदै नेपालमा पोल्ट्री व्यवसायको समग्र अवस्था र क्षेत्रका बारेमा किसानहरुलाइ जानकारी दिनुभयो । त्यस्तै सहप्राध्यापक डा.इश्वरी प्रसाद कडरियाले जैविक सुरक्षा निती आवश्यक रहेको, कृषिजन्य उत्पादान बढाउनका लागी स्मार्ट  कृषि प्रविधीलाइ अगाल्नु पर्ने बताउनुभयो ।
महोत्सवका सेमिनार तथा गोष्ठी समितिका सँयोजक यम बहादुर बिकले किसानलाइ कृषि क्षेत्रमा नयाँपन ल्याउन कसरी सकिन्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो । सेमिनार तथा गोष्ठी समितिका सदस्य सचिब उप प्राध्यापक सरोज सापकोटाले कृषि विज्ञसँग किसानलाइ साक्षातकार गराउदा उनीहरुका जिज्ञासा प्रत्यक्ष राख्न पाउने भएकोले उतm कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, केरा जोन चितवनका कृषि अधिकृत इन्द« शर्मा ढुङगानाले कृषिका विध्यार्थीलाइ उधमसँग जोड्ने किसिमको अभ्यासमा कृषि विश्वविद्धयालयहरु केन्दि«त हुनुपर्ने सुझाव दिनुभयो ।

के हो जलबायु मैत्री स्मार्ट कृषि ?

जलवायु मैत्री कृषिले जलवायु परिवर्तनको नयाँ यथार्थलाई स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन (Transform) र दिशा परिवर्तन (Reorient) गरी खाद्य सुरक्षामा सहयोग गर्ने गरी समाधानको उपाय अगाडि ल्याएको छ । जलवायु स्मार्ट कृषि प्रणालीमा मौशम र जलवायुमा परेका नकारत्मक असरहरुको मुल्याकँन गरी जलवायुको कारणले देखापरेका जोखिमहरुको मुल्याकँन गरी जोखिमको आधारमा जलवायु स्मार्ट प्रविधिहरुको प्रसार र प्रयोग गरिन्छ। जलवायु स्मार्ट कृषिमा, स्मार्ट प्रविधिहरुको विस्तारको साथसाथै कृषकहरुलाइ जलवायु सुचना प्राप्त गर्ने ब्यवस्था मिलाउने र कृषि विमाको प्रवर्धन गर्ने, जोखिम मुल्याकँनको आधारमा स्थानीय कृषि योजनाहरू बनाउने र स्रोत ब्यवस्थापन गर्ने, जलवायु अनुकुलन गर्नको लागि स्थानिय कृषकहरु सँग भएको ज्ञान तथा प्रविधिहरु पहिचान र प्रचारगर्ने, जलवायु अनुकुलनको लागि स्थानिय सार्वजनिक निजि र सहकारी सँस्थाहरुको क्षमता अभिवृद्धि गर्ने, र स्थानिय अनुकुलनको लागि अधिक मात्रामा स्थानिय स्रोतको परिचालन गराउन सक्ने सँरचनाको विकास गर्ने पहलहरु पनि हुनु उत्तिकै आवस्यक रहेको छ । जलवायु स्मार्ट प्रविधिहरुको भन्नाले जलवायु परिवर्तनका नकारात्मक असरहरुसँग जुध्न र अनुकुलन गर्न सहयोग गर्ने, जलवायु परिवर्तनको मुख्य कारण रहेको हरित गृह ग्यसहरुको उत्सर्जन कम गर्ने, र साथ साथै वालीनालीको उत्पादन बढाइ खाद्ध सुरक्षा सुधार गर्न सहयोग गर्ने प्रविधीहरुलाइ वुझिन्छ। जलवायु मैत्री कृषिका  अभ्यासहरूको कुनै निश्चित परीक्षण गर्ने प्याकेज छैन । अभ्यासहरू विभिन्न क्षेत्रमा फरक–फरक हुन्छन्, यो कृषि पर्यावरणका विशेषताहरू, विकासको स्तर, क्षमता तथा कृषकहरूको रूचि र स्थानीय सरकारको क्षमता आधारमा छनोट गरिएको हुन्छ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!