हुम्लाका किसानको चिन्ता स्याउ टिपेर कहाँ राख्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला। हुम्लाका स्याउ किसानलाई स्याउ टिपेर भण्डारण कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । टिप्नका लागि ठिक्क भएको स्याउलाई टिपेर कता राख्ने भन्ने चिन्ता भएपछि किसानले चिस्यान केन्द्रको माग गर्न थालेका छन् ।

सिमकोट–४ का जङ्गबहादुर शाहीलाई अहिले फलेको स्याउलाई भण्डार गर्न पिरालो सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, बिक्री गरौँ भने बजार छैन, भण्डारण गर्ने ठाउँ छैन ।

बारीभरि फलेका स्याउलाई के गर्ने भन्ने चिन्ताले रातभरि निद्रा लाग्दैन ।सिमकोट गाउँपालिका–२ का जानकी भण्डारीको दुःखेसो पनि उस्तै छ । उहाँले भन्नुभयो, स्याउ त टिप्नुपर्ने बेला भइसक्यो तर स्याउ टिपेर कता राख्ने हो भन्ने चिन्ताले सताउन थालेको छ । बजारमा लिन नसके चाना काटेर पशुलाई त दिने होला नि यसपटक पनि ।

यो गुनासो हुम्लाका सबै किसानको हो । पाँच बोटदेखि पाँच सय स्याउका बोट लगाउने किसानको सङ्ख्या हुम्लामा तीन सयभन्दा बढी भएको कृषि विकास कार्यालयले जनाएको छ ।

रेड, गोल्डेन, चकलेटी र जोनाथन प्रकारका स्याउ यस जिल्लाको ५४० हेक्टर जमिनमा लगाएको भए पनि हाल लगाएका स्याउमध्ये उत्पादन हुने बोटबाट १७३ मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको आँकडाले देखाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here