असिना पानीका कारण बागलुङमा २ करोड धेरैको कृषिबाली नष्ट

बागलुङ ।  बैशाख पहिलो साता परेको असिना पानीका कारण बागलुङको तरकारी तथा फलफुलमा ठुलाे क्षती पुगेको छ ।

कृषि ज्ञान केन्द्रका पर्वतका अनुसार बागलुङमा ५३२.२७ मेट्रिक टन तरकारी तथा फलफुल क्षती भएको हो । बागलुङ जिल्लाका विभिन्न ६ वटा स्थानीय तहका कृषकले लगाएका फलफुल तथा तरकारी खेतीमा क्षती झण्डै २ करोड १९ लाख १६ हजार भन्दा धेरै भएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बागलुङ जिल्लाका ६ स्थानीय तहमा भएको क्षतीको विवरण यसप्रकार रहेको छ :

क्र.स. गा. पा. / न. पा.  क्षति रु मुल्यमा क्षति मे.ट.
गल्कोट नगरपालिका ३०,६०,५०० ७६.५१
बडीगाउ गाउँपालिका ३९,६५,००० ९३.५
तमनखोला गाउँपालिका ७९,००,००० १९७.५
ताराखोला गाउँपालिका ५,३५,००० १३.३८
काठेखोला गाउँपालिका ५०,७२,२०० ११५.२
जैमिनि नगरपालिका १३,८४,००० ३४.६
कुल क्षति २,१९,१६,७०० ५३०.६९
स्रोतः कृषि ज्ञान केन्द्र, पर्वत

 

 

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here