बजेटको मुख्य प्राथमिकतामा कृषि (यी हुन बजेटमा समावेश कृषि कार्यक्रम)

काठमाडौं, जेठ १५ – आर्थिक वर्ष ०७५ ७६ को बजेट आज आउँदैछ । सरकारले आज करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको हो । वित्तीय संघीयता पूर्ण रूपमा कार्यान्वयन हो । कुल बजेटको करिब १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रूपमा पाउने बताइएको छ  ।

सरकारले बजेट मार्फत कृषिसम्बन्धी प्राविधिक ज्ञान र सीपको क्षेत्रमा काम गर्ने गरी ‘कृषि ज्ञान केन्द्र’ स्थापना गर्न बजेट विनियोजन गर्ने छ । कृषियोग्य जमिनको खण्डीकरण रोक्न मापदण्ड पनि तयार भएको अर्थ मन्त्रालयले बताएको छ ।

निजी क्षेत्र, सहकारी र सरकारी लगानीको वन पैदावारमा आधारित एक उद्योग स्थापनाको घोषणाको तयारी छ । नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ का लागि पनि केही बजेट विनियोजन हुनेछ । यस कार्यक्रमअन्तर्गत रोजगारीका लागि युवाहरूलाई नयाँ योजना सार्वजनिक हुनेछन । वाम गठबन्धनको घोषणापत्रमार्फत ल्याइएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई बजेटमा छुट्याइएको छैन ।

यस वर्ष जलविद्युत र सिँचाइमा पनि ठूलो रकम विनियोजन गरिएको छ । करिब एक खर्ब १० अर्ब रुपैयाँ यस क्षेत्रमा जाने छ । सरकारले जारी गर्ने बजेटमा नेपाललाई समृद्ध बनाउनको लागि कृषिलाई एउटा महत्वपूर्ण पाटोको रुपमा लिएर यसको प्रवद्धनमा ठूलै रकम विनियोजन गरिएको छ ।

त्यस्तै १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजनालाई पनि बजेटमार्फत अगाडि बढाइने उल्लेख छ । सुनकोसी मरिन डाइभर्सन यस पटकको नयाँ कार्यक्रम हो ।