चितवनको रामपुरमा कार्तिक ८ देखि १२ गतेसम्म भैंसी सम्मेलन हुने

चितवन। चितवनको रामपुरमा भैंसी सम्मेलन हुने भएको छ । चितवनमा पत्रकार सम्मेलन गरी यहि कार्तिक ८ देखि १२ गतेसम्म सम्मेलन हुने जानकारी आयोजकले दिएका छन् ।

नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा १० औँ एसियन भैंसी सम्मेलन हुने लागेकाे हो । भैँसी पालनको विकास र नयाँ प्रविधि घोषण गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिले जनाएकाे छ। यसले वैज्ञानिकहरुवीच खोजी भएका नयाँ सफलताको अनुभव आदानप्रदानका लागि सहयोग मिल्ने बताइएको छ ।

सम्मेलनमा १७ देशका विज्ञहरुले १ सय ३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । विश्वमै भैँसी उत्पादनको हिसावले नेपाल चौथो र संख्याको हिसावले छैठौँ स्थानमा रहेको छ ।

अहिले नेपालमा झण्डै ५५ लाख भैँसी रहेको र देशमा हुने दुध उत्पादनको करिव ६५ प्रतिशत भैँसीले योगदान गरेको छ । नेपालमा लिमे,पारकोटे,गड्डी,तराई जात र मुर्रा प्रजातिका भैँसी छन् ।

Leave a Reply