‘कृषिमा भविष्य’ विषयमा नापाको सामुहिक छलफल

  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिका । एशोशिएसन अफ नेपिलिज एग्रिकल्चर प्रोफेसनल अफ अमेरिका (नापा)ले ‘करियर इन एग्रिकल्चर’ विषयक अनलाइन अन्तरक्रिया गरेको छ ।

कृषि तथा सम्बन्धित विषयमा स्नातक तह अध्ययनरत विद्यार्थी एवं पेशागत कार्यमा हालसालै प्रवेश गरेका व्यक्तिहरुको  अमेरिका तथा अन्य मुलुकहरुमा विभिन्न वृत्ति विकासका अवसर र चुनौती छलफलको मुख्य उदेश्य रहेको नापाका सँचार सँयाेजक डा‍‍. श्याम कंडेलले बताउनुभयाे ।

अन्तरक्रियामा नापाका महासचिव डा. रामजी घिमिरेले सँचालन र अध्यक्ष डा. मेघनाथ पराजुलीले सहभागिलाई स्वागत गर्नुभएको थियो ।

छलफलमा अमेरिकी संघ तथा प्रान्तीय सरकारका कर्मचारीहरु, शिक्षा क्षेत्रमा (अध्यापन, अनुसन्धान र प्रसार) आवद्ध व्यक्तित्वहरु, निजी व्यावसायी, गैह्र नाफामूलक संस्थाका सदस्यहरु तथा पोष्ट–डक्टोरल अनुसन्धानकर्ताहरु र अमेिरकामा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । छलफलका सहभागीहरुले पेशागत अनुभव, वृत्ति–विकासका सम्भाव्य अवसरहरु तथा पेशाकर्मका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

शिक्षा तथा कृषि प्रसार लगायतका पेशालाई प्रतिनिधित्व गर्ने सहभागीले विश्वविद्यालय शिक्षण, अनुशन्धान तथा प्रसार सेवाको महत्व दर्शाउदै विश्वविद्यालयको अध्यापन विधि र खोज, अनुसन्धान तथा प्रसार केन्द्रित विश्वविद्यालयको विधिमा भिन्नताका विषयमा प्रकाश पारेका थिए । नापा समुदायमा शैक्षिक, वैज्ञानिक, तथा विकासात्मक बढोत्तरीका लागि समर्पित नापा गैह्ननाफामुलक संस्था हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!