spot_img

नक्कली बिल भरपाई बनाएर १ करोड झ्वाम, कृषि कार्यालयका १३ कर्मचारी अख्तियारकाे फन्दामा

काठमाडौं –

फाइल तस्विर

कृषि सामग्री किन्दा झण्डै १ करोड रुपैयाँ अनियमिता गरेको आरोपमा कृषि विकास कार्यलय दैलेखका कार्यालय प्रमुखसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले कृषि सामग्री खरिद नै नगरी खरिद गरेको नक्कली बिल भरपाई बनाएर ९५ लाख ५१ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता अख्तियारको दाबी छ । उनीहरुमध्ये सबैभन्दा धेरै बागबानी विकास अधिकृत सूर्यनाथ योगीले १८ लाख ३६ हजार रुपैयाँ हिनामिना गरेका अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

नक्कली बिल बनाएर भ्रष्टाचार गर्नेहरुमा तत्कालिन घिमिरेसहित, वागवानी विकास अधिकृत सुर्यनाथ योगी र भुवनबहादुर मल्ल, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, नायब सुब्बा नमराज थापा, लेखापाल राम कुमार शाह, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही लगायत १३ जना रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार