भौगोलिक क्षेत्र अनुसार बालीको सिफारिस जात लगाऔँ, उत्पादन बढाऔँ


नेपाल एक कृषि प्रधान देश हो र कृषि क्षेत्रकोे कूल ग्राहस्त उत्पादनमा २७% योगदान रहेको छ । नेपालमा उष्ण हावापानी हुने तराई देखि शितोष्ण हावापानी हुने हिमाली क्षेत्रका स्थान विशेष अनुसार धेरै प्रकारका अन्न, दलहन, तेलहन, रेशाबाली, फलफूल, तरकारी, मसलाबाली आदिको खेती हुने गरेको पाइन्छ ।
कृषि तथ्यांक अनुसार धान, मकै र गहुँ जस्ता प्रमुख अन्नबालीको उत्पादन २ दशकमा दोब्बरले बढेको भएता पनि देशमा वर्षेनी २ खर्ब भन्दा बढीको कृषि बस्तु आयात हुँदै गर्दा नेपालको कृषि क्षेत्र आलोचित हुँदै आएको छ ।
खाद्यान्नबाली लगायत विभिन्न बालीको उत्पादन र उत्पादकत्व बृद्धि हुन बालीको जात र गुणस्तरिय बीउको अहम भूमिका रहने गर्दछ । नेपालमा बालीको बढी उत्पादन क्षमता भएका जात र अन्य उत्पादन प्रविधि विकासका लागि नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका अनुसन्धान केन्द्रहरु कार्यरत छन् र परिषदले विकास गरेका जातहरु राष्ट्रिय बीउ बिजन समितीले स्विकृत गरे पश्चात मात्र ब्यवसायिक खेतिका लागि बीउ उत्पादन हुने गर्दछ ।
नेपालमा प्रमुख खाद्यान्न बालीमा सिफारीस भएका जातहरुकोे बीउ उत्पादन कार्यक्रम सुदृढ बनाई २०% भन्दा कम रहेको वर्तमान बीउ प्रतिस्थापन दर ९क्च्च्० २५% माथी पु¥याउन किसानलाई उन्नत जातको गुणस्तरीय बीउ एथेष्ट मात्रामा र समयमै उपलब्ध गराउन सकेमात्र पनि बालीको उत्पादन र उत्पादकत्वमा सकारात्मक असर हुनेछ ।
नेपालमा २०१७ सालदेखि हालसम्म ७७ बालीका ६८७ जातहरु सिफारिस भइसकेका छन् र सिफारिस भएका बालीका जातहरुको जानकारी नेपाल कृषि अनुसन्धान परिषदका सम्बन्धित बाली वस्तु अनुसन्धान कार्यक्रमहरु, कृषि मन्त्रालय अन्तर्गत बीउ बिजन गुणस्तर तथा नियन्ंत्रण केन्द्र, कृषि सूचना तथा संचार केन्द्रले अध्यावधिक गरी प्रत्येक वर्ष कृषि डायरीमा समेत प्रकाशित गर्ने गर्दछन । अतः बाह्य देशमा उत्पादित भै नेपालमा बिक्रिका लागि मात्र पंजिकृत भएका बाहेक हालसम्म सिफारिस भएका १७ बालीको जातहरुको सिफारिस क्षेत्रको छोंटो र सरलिकृत विवरण यहाँ प्रस्तुत गरिएको छ ।

तसर्थ कृषि बिकासमा संलग्न कृषि ज्ञान केन्द्र, गाउँ÷नगर पालिका, संघ संस्था तथा बालीको बीउ उत्पादकहरु, बीउ बितरक र एग्रोभेटहरुले स्थान विशेष अनुसार सिफारिस भएका उपयुक्त जातको बीउ मात्र उपलब्ध गराउने तर्फ सचेत रहन जरुरी छ । त्यस्तै किसानहरु पनि आफ्नो ठाउँ अनुसार उपयुक्त सिफारिस जातको ब्यवस्था गर्न चनाखो भएमा एदाकदा देखिने गरेका बाली पसायन, फलेन, गेडा लागेन आदि भन्ने जस्ता समस्या बाट बच्न सकिन्छ ।
तराई, पहाड, उच्च पहाड भौगोलिक क्षेत्र अनुसार सिफारिस भएका विभिन्न बालीका जात लगाई आवश्यकता अनुसारको जल, मल, बल ब्यवस्थापन गर्न सके पक्कै पनि सन्तोषजनक उत्पादन हासिल गर्न सकिने छ । यहाँ उल्लेख गरीएको बालीको तालिकावद्ध जातीय बिवरण कृषक, कृषि प्राविधिक लगायत कृषि विद्यार्थी, प्रतिस्प्रधिहरु लाई पनि उपयोगि हुने छ भन्ने बिश्वास लिइएको छ ।
नेपालमा भौगोलिक क्षेत्र अनुसार केहि बालीका सिफारिस जातहरु

लेखक केसी सेवा निबृत्त कृषि बैज्ञानिक एवं पूर्ब राष्ट्रिय मकैबाली अनुसन्धान संयोजक हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here