बेमौसमी वर्षाका कारण कञ्चनपुरमा मात्रै ४ अर्बको नोक्सानी

कञ्चनपुर । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा अन्न तथा तरकारी बालीमा गरी झण्डै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरले कञ्चनपुरमा मात्र अन्न तथा तरकारी बालीमा गरी ३ अर्ब ७६ करोड बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ ।

सबैभन्दा बढी धानबालीमा एक अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति गरेको छ भने तरकारीमा ६६ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति गरेको छ । आलुमा ६० करोड २७ लाख रुपैयाको क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर दिलबहादुर विष्टले बताउनुभयो ।

शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास क्षेत्रमा सबैभन्दा बढी क्षति भएको पनि जनाइएको छ । यस वर्ष कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । जसमध्ये बेमौसमी वर्षाले १६ हजार ४८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति गरेको हो ।

Leave a Reply