एबी प्यालेट फिडको सिन्धुपाल्चोकमा किसानसँग अन्तरक्रिया

सिन्धुपाल्चोक । दूरदराजका कृषकहरूलाई प्राविधिक ज्ञान प्रदान गर्न एबी प्यालेट फिड प्रा.लिले सिन्धुपाल्चोकमा पशु आहार, रोग र उपचारसम्बन्धी कृषक र विज्ञहरूबीच छलफल गरेको छ । सिन्धुपाल्चोकको बाँसबारी कृषि सहकारी संस्था र एबी प्यालेट फिड प्रालिको आयोजनामा पशुपन्छीसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा एबी प्यालेट फिड प्रा.लिले उत्पादन गरेको शुभम र सुपर दानाको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा एबी प्यालेट प्रा.लिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताए । उनले एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा प्रशिक्षक डा. उमेश मण्डलले हाल पशुपन्छीमा देखिएको लम्पीस्किन रोगका कारण कृषकले धेरै क्षति व्यहोर्नुपर्दा पशुपालन क्षेत्रमा नकारात्मक असर परेको बताए । उनले आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउन कृषकहरू नै सजग हुनुपर्नेमा जोड दिए । उनले पशुपालन गर्दा गोठको स्थिति, मलमूत्रको व्यवस्थापन र पशुका विभिन्न जातका बारेमा जानकारी गराएका थिए । उनले हालसालै मात्र ठूलो समस्याका रूपमा देखापरेको लम्पीस्किन रोगसहित अन्य विभिन्न रोग र उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष सोमराज हलानले कम्पनीहरूले सुरुमा राम्रो दाना पठाउने तर पछि बिक्री बढ्न थालेपछि दानाको गुणस्तर घटाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।

कार्यक्रममा करीब ८० जना किसानको सहभागिता रहेको थियो । एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दिपेश लामिछानेले पोल्ट्री व्यवसाय गर्दा फार्मको व्यवस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए । त्यस्तैगरी कुखुरापालन सम्बन्धि खोप र रोगको विषयमा ललितपुर ह्याचरी प्राइभेट लिमिटेडका डा.रामचन्द्र सन्जेलले किसानलाई जानकारी दिएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here