राेपेकाे १५ वर्षपछि फूल्ने याे गन्हाउने ‘लास फूल’

  •  
  •  
  •  
  •  
  •  
  •  

यस्ताे फूलकाे बारेमा सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । जुन फूल रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ । यसको फूल केवल २४ घण्टामात्र फक्रिन्छ र त्यसपछि ओइलाउन थाल्दछ । यो फूलबाट मासु कुहेको जस्तो नमिठो गन्ध आउँदछ, त्यसैले यसलाई लास फूल भनिन्छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित हंटिङ्गटन पुस्तकालयमा एउटा चर्चित फूल फुलेको छ । निकै गन्हाउने गन्ध फैलाउने यो फूल ‘लास फूल’को नामले पनि चिनिन्छ ।

लास फूल फुलेपछि पुस्तकालय हातामा फूल हेर्न आउने दर्शकको घुइँचो बढेको छ । यो फूललाई स्टिंक अर्थात् दुर्गन्ध पनि भनिन्छ । यो फूल बिहिबार राति अकस्मात् फुलेको पुस्तकालयकी प्रवक्ताले बताएकी छिन् ।

यसअघिका वर्षहरुमा फुल्ने दिनभन्दा केही दिनअघि नै यसवर्ष यो फूल फुलेको छ । फूलको आकार निकै अनौठो तथा सुन्दर देखिन्छ ।

बिहिबार राति फुलेको फूलमा रातभर निकै नमिठो गन्ध आयो । तर शुक्रबार दिउसोबाट फूल ओइलाउने क्रम सुरु भएसँगै यसको गन्ध पनि कम हुँदै गएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!