गण्डकी प्रदेशको कृषि प्राविधिक कर्मचारी छनौटमा अनियमितताको आरोप

कास्की । गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा शहकारी मन्त्रालयले माग गरेको कृषि प्राविधिक (करार) को छनौट प्रकृयामा अनियमितता भएको आरोप लागेको छ । गत फागुनमा प्रदेशका विभिन्न कृषि कार्यालयका लागि मन्त्रालयले कृषि प्राविधिकको माग गरेको थियो । विभिन्न तहका कर्मचारीका लागि न्यूनतम शैक्षिक योग्यता राखेर माग गरिएको कृषि प्राविधिकमा न्यूनतम शैक्षिक योग्यता भएकालाई भने छोटो सूचीमा नराखिएको पाइएको हो ।

प्रारम्भमा छोटो सूची प्रकाशन गरेर अन्तवार्तामार्फत कर्मचारी छनौटको कार्यविधि बनाएको मन्त्रालयले छोटो सूचीमा न्यूनतम शैक्षिक योग्यताकालाई प्राथमिकतामा नराखेको आरोप उम्मेदवारले लगाएका छन् । मन्त्रालयले कर्मचारी छनौटमा अनियमितता गर्नका लागि कार्यविधिमा खेल्ने ठाउँ राखेको उनीहरुको आरोप छ । कार्यविधि अनुसार एक तह माथिल्लो शैक्षिक योग्यता भएको उम्मेदवारका लागि पाँच नम्बर बढी दिने प्रावधान छ । कार्यानुभवका आधारमा हरेक वर्षको १ नम्बर हुने ब्यवस्था गरिएको छ ।

मन्त्रालयले उम्मेदवारको छोटो सूची प्रकाशनमा भने न्यूनतम शैक्षिक योग्यतालाई आधार नबनाएको उम्मेदवारको आरोप छ । विज्ञापनमा उल्लेख गरिएको न्यूनतम शैक्षिक योग्यतालाई मन्त्रालयले धज्जी उठाएको जानकार बताउँछन् । अन्र्तवार्ताका लागि छनोट गरेका उम्मेदवारका लागि ४० नम्बरको प्रावधान राखिएको भएता पनि न्यूनतम शैक्षिक योग्यताका उम्मेदवार छनोट नगरिनुले चलखेलको प्रश्न उठाएको उनीहरुको आरोप छ । न्यूनतम शैक्षिक योग्यता भएका सबै उम्मेदवारलाई अन्र्तवार्तामा सहभागि गराउनुपर्ने उनीहरुले माग गरेका छन् । अनियमितताको सम्बन्धमा अख्तियारमा पनि उजुरी परेको बुझिएको छ ।

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here