जब भिरपाँखामा लाखौ रुपैयाँ फल्यो….

गुल्मी – गुल्मी हुँगा रुक्सेका किसानहरुले चार पाथी जौ फल्ने भिरालो बारीमा लाखौका काक्रा र तरकारीहरु फलाइरहेका छन् ।

दुई भैंसी, दुईचार बाख्रा पालेका रामकृष्ण कंडेललाई मकैले बढीमा तीन महिनामात्रै खान पुग्थ्यो । तरकारी घरमै खान पनि धौ धौ थियो । तर अहिले रामकृष्णले त्यहि भिरालो बारीबाट बार्षिक १५ लाख रुपैया सम्मको तरकारी तथा फलफुल विक्रि गर्दै आएका छन ।

२ बर्ष देखि व्यवसायीक तरकारी खेती गर्दै आएका रामकृष्णले गत वर्ष साढे १२ लाखको तरकारी विक्रि गर्दा झन्डै आठ लाख नाफामात्रै भएको बताए । रामकृष्ण हुँगाकै सबैभन्दा बढी कृषि उपज बेच्ने किसान समेत हुन उनले जिल्ला कृषि विकास कार्यालय गुल्मीबाट उत्कृष्ट पुरस्कार समेत पाएका छन ।

error: Content is protected !!